गलकोटको संक्षिप्त चिनारी
नेपालभित्रको नेपाल भनेर चिनिने जिल्लाको नाम हो बागलुङ । बागलुङको पनि मौलिक इतिहास, धेरै विप्रेषण, झोलुङ्गे पुल, बुट्टे नली, दारको ठेकी, स्लेट खानी र मध्य पहाडी राजमार्गको पूरै सुविधा उपयोग गर्ने स्थानीय तहको नाम गलकोट हो । कुनै समयमा गलकोट ऐतिहासिक राज्यका नामले पनि चिनिन्थ्यो । गलकोटलाई चिनाउने अन्य पहिचानहरु पनि छन् । ती हुन् अग्लाअग्ला पहाडका चुचुरा, कलकल बग्ने खोला र छहरा, सुन्दर बस्ती, घना जंगल, मौलिक स्थानीय उत्पादन आदि । पहाड, जल, जंगल, जडीबुटी, जनघनत्व र उर्वर भूमि गलकोटका आकर्षण हुन् । गौरवशाली इतिहास, सांस्कृतिक विविधता, भावनात्मक एकता र पर्यटकीय सम्भावनाले भरिपूर्ण भूगोल नै गलकोटको संक्षिप्त चिनारी हो । यही गलकोटे भूगोलभित्रको इतिहास, शैक्षिक जागरण, सांस्कृतिक सम्पदा, साझा मनोविज्ञान र पर्यटकीय सम्भावनाको संक्षिप्त चिनारी गराउने प्रयास यो लेखमा गरिएको छ ।
क. गलकोटको राजनीतिक इतिहास
गलकोटको इतिहास बुभ्mन नेपालको प्राचीन, मध्यकालीन र आधुनिक गरी तीनवटै युगको राम्रो अध्ययन गर्नु पर्दछ । मानदेव पूर्वको समयलाई प्राग्ऐतिहासिक र त्यसपछिको समयलाई ऐतिहासिक युग भन्ने चलन छ । नेपाल एकीकरणपछिको युग अथवा पृथ्वीनारायण शाहको समयपछिको युगलाई आधुनिक युग भनिन्छ । एकीकरणपछि पाल्पा राज्यलाई नेपालमा गाभियो । नेपालको पश्चिम क्षेत्रलाई हेर्नका लागि पाल्पालाई वि.सं. १८६१ पछि गौणा/तहसिलका रुपमा विकास गरियो । भीमसेन थापाको समयमा पुराना बाइसे चौविसे राज्यहरुलाई नै जिल्लाको रुपमा प्रशासनिक एकाइ कायम गरिएको थियो । कर्णबहादुर बानियाँ (२०७५) को भनाइ अनुसार पाल्पा गौणाले गलकोट लगायत पश्चिमतर्फका (पर्वत, गलकोट, धुर्कोट, मुसीकोट, अर्घा, खाँची, इस्मा, गुल्मी र पाल्पा राज्य) नौ जिल्ला (कोटे राज्य)हरुलाई हेथ्र्यो । त्यतिबेला गलकोट पनि एउटा जिल्ला मानिन्थ्यो ।
वीर शमशेरको समय वि.सं. १९५२ मा नेपाललाई ३५ जिल्लामा विभाजन गरियो । पाल्पा गौणा अन्तर्गत पाल्पा, गुल्मी र बागलुङलाई तीन जिल्ला कायम गरियो । बागलुङ अन्तर्गत गलकोट र पर्वतलाई पनि गाभियो । वि.सं. २०१८ कार्तिकमा नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरियो । धवलागिरि अञ्चल अन्तर्गत बागलुङ, म्याग्दी, मुस्ताङ र डोल्पालाई समावेश गरियो । पछि धवलागिरिमा डोल्पालाई कटाएर पर्वतलाई समावेश गरियो । यसरी इतिहासले भौगोलिक सीमालाई कहिले खुम्च्याउँदै त कहिले फुकाउँदै लगेको देखिन्छ । गलकोट पनि कहिले राज्य, कहिले जिल्ला त, कहिले क्षेत्रका रुपमा सीमित भयो ।
गलकोटको इतिहासलाई खोजी गर्दै जाँदा योगी नरहरिनाथले ‘इतिहास प्रकाश’ (२०१२) मा कालु थापा (सम्वत् १२४६) का चार भाइ छोराहरुमा जेठा पुन्याकरले पुला, माइला तारापतिले ताकम, साहिँला विरुले रुकुम र कान्छा धर्मराजले ज्यामरुकमा राज्य चलाए थिए भन्ने उल्लेख गरेका छन् । मोहनबहादुर मल्लको ‘पर्वतको इतिहास’ (२०२८) लगायत अन्य केही इतिहासका पुस्तकहरुमा पनि मगरहरुको सहयोग लिई सम्वत् १५४५ तिर डिम्बबम मल्लले ताकम, पुला र ज्यामरुककोटका बगाले थापावंशी राजाको राज्य लगायत अन्य वरपरका राज्यहरुमा विजय गरी आठ हजारको पर्वत राज्यलाई २० हजारको पर्वत राज्य बनाए भन्ने कुरा उल्लेख गरिएको छ । गलकोटको इतिहास बुभ्mन पर्वत राज्यको इतिहासलाई अध्ययन गर्नै पर्छ ।
इतिहासका पुस्तकमा रुकुमतिरैबाट आएका समालवंशी आनन्दबम मल्लले पहिलो पटक (वि.सं. १४९३) सर्पकोट र अर्नाकोटसहितको निसी नामको राज्य स्थापना गर्न सफल भए भनिन्छ । आनन्दबमकै छोरा चन्द्रबम लगायत दुई पुस्ताले निसीबाट राज्य सञ्चालन गरे । आनन्दका नाति डिम्बबमदेखि नागबम, नारायणबम, राजबम, शिवबम, नागबम (दोस्रो), नारायण (दोस्रो), शाहबम, घनश्याम, मलेबम, प्रियव्रत (शाहबम) र कीर्तिबम (१८४३, आश्विन १४) सम्मका १४ पुस्ताले निसीदेखि पर्वतसम्म शासन सञ्चालन गरे भन्ने भनाइ इतिहासका ग्रन्थमा लेखिएको छ (श्रेष्ठ, २०५९) ।
मल्लहरुकै बाहुबलले निसीदेखि गलकोट, ताकम, ज्यामरुक, पुला हुँदै कास्कीसम्म राज्य विस्तार गरी चार हजार पर्वतलाई बीस हजारसम्म त पु¥याए । राजा नारायण मल्लले आप्mनो शासनकालमा जेठा छोरा जितारीलाई गलकोट (दुई हजार) र कान्छा कल्याणलाई कास्की राज्य (दुई हजार) अंश स्वरुप छुट्याएर बाँकी सोह्र हजार पर्वतराज्य माइला छोरा राज मल्ललाई दिएका थिए भनिन्छ (शर्मा, २०५१)।
गलकोटको राजनीतिक इतिहासलाई खोजी गर्दै जाँदा उनै पर्वते राजा नारायण मल्लका जेठा छोरा जितारी मल्ल (वि.सं. १६३१) को समयदेखि राजा जगतप्रताप मल्ल (वि.सं. १८४४) को समयसम्म गलकोट पनि एउटा स्वायत्त राज्यमै गणना हुन्थ्यो (थापा, २०५०) । दुई सय तेह्र वर्षको अवधिसम्म गलकोटमा जितारी लगायत पार्थिव, बिभु, श्रीपति, श्रीदत्त/राजदत्त, पार्थिपति, नारायण, श्रीनिवास, जगतबम, जगतप्रतापबम गरी १० पुस्ताले राज्य गरेका थिए भनिन्छ । गलकोट राज्यको सीमाना पूर्वमा बिहुँको काठेखोला, पश्चिममा पाण्डवखानीको काभ्रेखोला, उत्तरमा म्याग्दी रुमको देउराली र दक्षिणमा गुल्मी मुसिकोटको निबुवा खोलासम्म फैलिएको थियो ।
गोरखाली सेनाले वि.सं. १८४३ आश्विन १४ गते पर्वत राज्यमाथि हमला गरे । अर्को वर्ष गोरखाली सेनाले वि.सं. १८४४ जेठ महिनाको अन्तिम साता (कतै अश्विन महिना) मा गलकोट राज्यलाई आप्mनो कब्जामा लियो । अन्य राज्य सरह गलकोट राज्य पनि खोसियो । हिउँदमा स्याँलाको धुरीमा अवस्थित ठूलो कोट भनिने स्थान र बर्सादमा रजराबाट सञ्चालित हुँदै आएको ‘गोल्कोट’ राज्य २१३ वर्षपछि वि.सं. १८४४ मा खोसियो ।
राजपरिवारका सदस्य मञ्जेशबम मल्लको भनाइ अनुसार स्वायत्त गलकोट राज्य केन्द्र सरकारबाट खोसिएपछि उनै जगतप्रतापका छोरा राज्यप्रतापको समयदेखि राजा भरतबम मल्लको समयसम्म गलकोट एउटा रजौटा राज्यका रुपमा कायमै रह्यो । जगतप्रतापका जेठा छोरा राज्यप्रताप र कान्छा ज्योतिप्रताप दुबै भाइको विवाह काठमाडौं राजदरबारका कन्या (चौतारा पुत्री) सँग भएको रहेछ । राजदरबारसँगको सम्बन्धका कारण उनै राज्यप्रतापले रु. दुई सय नगद र तीन मुरी बिउको अनाज उब्जिने जमिन बिर्ता स्वरुप प्राप्त गर्नसफल भए ।
राज्यप्रतापपछि पृथ्वीबमले तेस्रो नेपाल तिब्बत युद्ध (१९१२) मा नेपाल सरकारलाई गलकोटबाट सिपाही र हातहतियार सहयोग गरेका कारण उनले राज श्रीपेच, रजौटा उपाधि र रु तीन सयको नगद बिर्ता पाएका रहेछन् । शोधकर्ता कृष्ण गौतम (२०४४) का भनाइ अनुसार २०१७ सालसम्म पनि गलकोटे राजालाई माना चामल र बिर्ता गरी रु ६०० उठती जग्गाको व्यवस्था गरिएको रहेछ । बिर्ता राज्यमा राजाको श्रीपेच, उपाधि र सेवासुविधा समय समयमा खोसुवा र थपघट भइनै रहन्थ्यो भनिन्छ ।
राज्य खोसिएपछि जगतप्रतापबम मल्ल रजराबाट सर्दाखेतमा बसोबास गर्न थाले । सर्दाखेतबाट राजप्रताप, पृथ्वीबम, ललितबम, नारायणबम र भरतबमले समेत गरी पाँच पुस्ताले राजकाज चलाए । नारायणबमकै समयमा सर्दाखेतको राजदरबारमा आगोलागी भयो । मञ्जेशबम मल्लको भनाइ अनुसार भरतबम मल्ल वि.सं. १९६८ मा राजा भए र उनले १९७८ सालमा हरिचौर बजारमा नयाँ राजदरबार बनाए । तर कसैकसैको भनाइमा उक्त दरबार १९९० सालमा तयार भएको हो भनिन्छ ।
गलकोट राज्यका विषयमा त्यति धेरै प्रमाणहरु जुटाउन सकिदैन । बुढापाकाहरुको भनाइमा पर्वते राजा सुरुमा स्याँलाको धुरीमा अवस्थित हाल ‘ठूलो कोट’ भनेर चिनिने गोलो टाकुरामा बस्न थाले । त्यही ठाउँमा गोलाकार कोतघर समेत निर्माण गरी बस्न थालेको हुनाले राज्यको नाम नै गोलोकोटबाट ‘गोल्कोट’ रहन पुग्यो । यही गोल्कोट आज गलकोटका नामले चिनिन्छ । लेकबाट राजा बेसी झरेपछि राजा बस्ने ठाउँलाई रजरा भनियो । रजरा भनिने ठाउँ अहिले पनि हटिया बजार नजिकै रहेको छ । गोल्कोट र रजारामा अहिले पनि पुराना भग्नावशेषहरु पाउन सकिन्छ त भनिन्छ तर संरक्षणको अभावमा धेरै प्रमाणहरु लोपोन्मुख अवस्थामा छन् । अहिले पनि धेरैलाई भ्रम राजा भरतबम मल्लको दरबार नै ऐतिहासिक गोल्कोट राज्यको दरबार हो भन्ने छ । तर यो पुरानो स्वायत्त गोल्कोट राज्यको दरबार नभइ रजौटा राजा भरतबम मल्लले पछि (१९७८) बनाएको दरबार हो ।
गलकोटका विषयमा जानिफकार राजा भरतबम मल्लका सिपाही ८८ वर्षिय बमबहादुर बस्नेत (वि.सं. १९९० माघ १२ गते बिहीबारको जन्म) सँग लिइएको जानकारी (मिति २०७७/११/१७) का केही अंशहरु यो लेखमा प्रस्तुत गरिएको छ । बमबहादुर बस्नेतले वि.सं. २००२ मा १२ वर्षकै उमेरमा राजा भरतबम मल्लको दरबारमा सिपाही बन्ने अवसर पाएका रहेछन् । उनको सेवाकालमा राजा भरतबमको दरबारमा डिट्ठाले न्याय निसाफ गर्ने, सुब्बाले प्रशासनिक काम गर्ने, बैदारले लेखापढी र दण्ड तोक्ने, मुखिया—जिम्मालहरुले तिरो/कर उठाउने, सिपाहीले सुरक्षा दिने काम गर्दा रहेछन् ।
बमबहादुर बस्नेतलाई ज्ञात भएसम्म गलकोट दरबारका डिट्ठाहरु क्रमशः नरबहादुर खत्री (थलिङ), …… श्रेष्ठ (फौसिङबाट आएका), मोहनप्रसाद थकाली, क्षेत्रबहादुर मल्ल (बामियाँ), कर्ताबहादुर भण्डारी (राम्चे) लगायतले डिट्ठ्ली काम गरेका रहेछन् । तत्कालीन समयमा सुब्बा भैरवबहादुर भण्डारी (त्रिसुलीबाट आएका), मुखिया नन्दप्रसाद श्रेष्ठ (बागलुङ), विचारी भूमिराज पन्त (बागलुङ), बैदार कलकबहादुर ढकाल, तविल्दार …….. कुवर (जस्कुर) आदिले प्रशासनिक कार्य गर्दा रहेछन् । सुरक्षातर्फ सुवेदार दलबहादुर बस्नेत (भंैसे), जम्दार बलबहादुर घर्ती, हवल्दार बलबहादुर कार्की (मौरिया), सिपाहीहरु बमबहादुर बस्नेत (बाँजाबारी), भक्तबहादुर साहनी (हुलुवा), सेते घर्ती (जस्कुर) आदिले दरबारमा न्याय, प्रशासन र सुरक्षा सम्बन्धी कार्य गर्दा रहेछन् ।
सर्दाखेतमा बसोबास गर्दै आएका भरतबमले हरिचौर बजारमा जैशी ब्राह्मणको जग्गा किनेर दरबार बनाउने योजना बनाए । उक्त दरबार राजाको लगानी, डिट्ठा मोहनप्रसाद थकालीको नेतृत्व र गलकोटे जनताको श्रमदानमा यो दरबार, चौकी, अड्डा, माल, शितलपाटी, बगंैचा, धन्सार, गोठ, मन्दिर, झेलखाना, पोखरी, पर्खाल लगायतका सबै भौतिक संरचनाहरु तयार भएका हुन् भन्ने भनाइ बमबहादुर बस्नेतको छ । यी सबै भौतिक संरचनाहरु अहिले अलपत्र छन् । दरबारका भ्mयाल, ढोका, सिंढी, पर्खाल सबै जीर्ण अवस्थामा छन् । राज्यले निजी निवासलाई सहयोग र संरक्षण गर्दैन भने व्यक्तिले पनि संरक्षण गर्न नसकेको अवस्था छ । यो अमूल्य निधिले जो कोहीको मन खिन्न बनाउँछ ।
गलकोट राज्यका अन्तिम राजा नै भरतबम मल्ल (१९६०—२०३९) हुन् । जनताले राजालाई अत्यधिक माया र सम्मान गर्थे भने राजाले पनि रैतीलाई न्याय र सुरक्षा दिन्थे । भरतबम मल्लको विवाह भीमशंशेर राणाकी नातिनी, हीरण्य शंशेरकी छोरी चैतन्य कुमारीसँग भएको रहेछ । भरतबमको राणाहरुसँगको निकट सम्बन्धका कारण गलकोटमा दरबार निर्माण, विद्यालय स्थापना, हेल्थसेन्टर पुलिस चौकी निर्माण, पुल निर्माण लगायतका पूर्वाधारहरु उनैको समयमा भएका रहेछन् । राजपरिवारसँग राम्रो सम्बन्ध भएका बस्नेतको भनाइ अनुसार राजा आफैमा खाइलाग्दा, निर्भिक, न्यायप्रेमी र सत्यको पक्षपाती थिए । राजाले धनी गरिब केही नभनी सबैलाई समान न्याय दिन्थे । जनताको पिरमर्का राजाले सहजै बुझ्थे भन्ने भनाइ बस्नेतको छ ।
वि.सं. २००६ असार महिनामा गलकोटमा आएको बाढीपहिरोले जनघनको ठूलो क्षति पु¥यायो । यही वर्ष अनिकाल लागेपछि राजाले गलकोटमा नाम चलेका गुड्डी साहु र बास्से साहुबाट ५० मुरी कोदो रु ५० पैसा पाथीका दरले खरिद गरी जनतालाई चौपादे (मंसिरमा फिर्ता गर्ने गरी) वितरण गरिदिए । राजाकै पहलमा सबै जनताबाट सक्नेले चार पाथी र नसक्नेले दुई पाथी कोदो अनिवार्य उठाउनुपर्ने उर्दी लगाइयो । खाद्यान्नको संकट टार्न गलकोटमा खाद्यान्नको धर्म भकारी बाँध्ने योजना बनाइयो । तर गोदाम घर निर्माण गर्ने सन्दर्भमा भने राजा र गौचन थकाली बीच ठुलै खटपट भयो । गोदाम घरका लागि जग्गा नदिदा राजाले थकालीलाई दुई चड्कन लगाएर थुनामा राखेको र थकाली पक्षधर कार्यकर्ताले त्यसको प्रतिकार गरी राजा विरुद्ध नाराबाजी गरेका रहेछन् । राजपरिवार र थकाली परिवार बिच आपसी मनमुटाव सुरु भयो ।
अंश र बिर्ता स्वरुप प्राप्त भएको गलकोट राज्य २००७ सालसम्म त निष्कण्टक र निरङ्कुश रुपमै सञ्चालनमा रह्यो । जनतालाई आय नभए पनि न्याय र राज्यको सुविधा खोज्न गलकोटबाहिर कतै धाउनु परेन । तर २००७ सालको परिवर्तनपछि भने गलकोटमा राजनीतिले कोल्टो फे¥यो । उनै भरतबम मल्लका माइला छोरा थीरबम मल्ल नेपाली कांग्रेसले चलाएको सशस्त्र संघर्षको नेतृत्व गर्दै गर्दा वीरगञ्ज मोर्चामा शहीद बन्न पुगे । राजाका डिट्ठा, विचारी, सिपाही सबैको पेसासमेत धरापमा प¥यो । खाद्यान्नको धर्म भकारी पनि सङ्कटमै प¥यो ।
राजनीतिले नयाँ मोड लियो । राजाले नेपाली कांग्रेसको पक्ष लिए भने गौचन परिवार लगायत तेजिन्द्रबहादुर खड्काले पञ्चायत पक्षबाट राजनीति गर्न थाले । केन्द्रको प्रत्यक्ष पहुँचमा रहेको राजपरिवार आफै बिद्रोही बनी राज्यसत्ताको प्रतिपक्षमा उभिएपछि गलकोटे राजाको शक्ति कमजोर हुँदै गयो । पञ्चायत पक्षधरको बोलवाला हावी भयो । गलकोटमा रहेका सबै अड्डा अदालतहरु बगलुङमा सारियो । गलकोट शिक्षा, स्वास्थ्य, रोजगारी, यातायतको सुविधा आदि सबै अवसरबाट बञ्चित हुँदै गयो । राज्यको पहुँचबाट टाढा भएपछि गलकोटेहरुको आय आर्जनको मुख्य स्रोत भने कै वैदेशिक रोजगार बन्न पुग्यो । यो नियति र निरन्तरता अद्यापि कायमै छ ।
गलकोट राज्यमा २०१७ सालसम्म तिरो बुझाउने मुखिया र जिम्मालहरुको नाम बमबहादुर बस्नेतले अझै पनि मुखाग्र बताउन सक्छन् । उनका अनुसार तत्कालीन गलकोट राज्यभित्रका मुखियाहरुमा ः
१. मु. भवानी शंकर कँडेल, मु. परमानन्द कँडेल, (लेखानी), २. मु. पृथीप्रसाद कँडेल (सुल्डाडा), ३. मु. भानुभक्त कँडेल (भोक्याडी बिहुँ), ४. जि.हिरालाल कँडेल, मु.पशुपति कँडेल र मु. खगराज कँडेल (लामखुम बिहुँ), ५. मु. बालानन्द कँडेल, मु. टीकाराम कँडेल (वडारा, दहपानी), ६.जि. मणिभद्र कँडेल (लामराती, बिहुँ) ।
७. मु. लिलाधर घर्ती (माझखर्क), ८. मु. जि. मनबहादुर गुरुङ, मु.जि. तिर्खराम रोका (अमरभूमी), ९. मु. हर्कवीर रोका, मु.खडकबहादुर घर्ती (अर्गल), १०. जि. मैतराम घर्ती (सिले), ११. मु. हर्कवीर रोका, मु. लालबहादुर घर्ती (अर्गल), १२. मु. नन्दवीर पुन, जि. जगतबहादुर घती, (हिल), १३. मु. सूर्य घर्ती, जि. रामप्रसाद घर्ती (ताराखोला), १४. मु. बाले घर्ती, मु. रत्नवीर पुन (काँक्रखोर) ।
१५. मु. डिलबहादुर श्रीस (भुजुङ्गे), १६. मु. तिर्खराम मगर (सिमलबोट), १७. मु. लालबहादुर थापा (कौलेनी), १८. मु. मेजर ललितबहादुर मल्ल (सर्दाखेत), १९. मु. बलबहादुर बस्नेत (भैसे), २०. मु. रविलाल साहनी (हुलुवा), २१. मु. नारसिंह थापा, मु. शशिधर थापा (मल्म), २२. जि. नरवीर थापा,. जि. जोतिन्द्रबहादुर थापा (मल्म), २३. मु. भैरव खत्री (आँगाखेत), २४. मु. पारकर्म मल्ल, जि. मकरध्वज मल्ल, जि. परमानन्द गौतम (बाँसखोला), २५. मु. चतुर्भुज गौतम, जि. तारापति गौतम (गल्याङ), २६. मु. नरीश्वर सापकोटा (रिस्मी), २७. मु. शशिधर दर्लामी मगर (छिस), २८. मु. भक्तिराम चामे मगर (बिर्कोट), २९. मु. गंगाराम कँडेल, जि. इन्द्रमणि कँडेल (पचुवा), ३०. मु. भक्तिराम चालिसे (चाल्सेटोला), ३१. मु. पहलसिंह अधिकारी (लमै), ३२. मु. पद्मसिंह बोहोरा, जि. भुवनसिंह बोहोरा (लमै), ३३. मु. टेकबहादुर खत्री (स्याँला), ३४. मु. बाग्दल भण्डारी, जि. नन्दराज भण्डारी (धुस्तुङ), ३५. मु. दलबहादुर खत्री (नुवाकोट) ।
३६. मु. टीकाराम सुवेदी (चमुवा), ३७. मु. नन्दराम सुवेदी (थलिङ), ३८. मु. बलवीर पुन (टोड्के), ३९. मु. पीताम्वर मगर (गौदी), ४०.मु. डिलबहादुर खत्री (काफलठुटा), ४१. मु. अम्मरसिंह मगर (घसघसा), ४२. मु. रामकृष्ण मगर (तोरीखोला), ४३. जि. खडकसिंह भण्डारी (राम्चे), ४४. मु. डिलबहादुर कार्की (जस्कुर), ४५. मु. काशीराम गैरे (ठाना), ४६. मु. विष्णुप्रसाद पाण्डे (चरौदी), ४७. मु. इन्द्रदत्त सुवेदी (ठूलाथर), ४८. मु. रत्नवीर पुन, मु. खडकबहादुर पुन (पूmर्से, पाण्डवखानी), ४९. मु. बलवीर घर्ती (काप्रे, पाण्डवखानी), ५०. मु. कर्णबहादुर घर्ती, जि. खिमानन्द कँडेल (रमुवा), ५१. मु. बलवीर घर्ती (कादेश), ५२. मु. टेकबहादुर खत्री (सुखौरा), ५३. मु. गुमानसिंह खत्री (सल्यान) आदि हुन् । यी सबै मुखिया र जिम्मालहरुले गलकोट दरबारमा नै तिरो बुझाउँदा रहेछन् ।
मुखियाहरुको काम गाउँमा शान्ति सुव्यवस्था कायम गर्ने, पाखो जमिनको रेखदेख गर्ने, कर असुली गरी राजालाई बुझाउने आदि हुन्थ्यो । खेतको तिरो उठाउने जिम्मा जिम्मालको हुन्थ्यो । मुखिया र जिम्माल गाउँका तालुकदार हुन्थे । तालुकदारी गरेवापत उनीहरुले राजाबाट नगद रु. ३०० तिरो उठाउँदा नगद रु. २५ का दरले कमिसन पाउँथे । जग्गा किनबेच हुँदा जग्गा किन्नेबाट ‘बालपुर्जी’ वापत आपूm खुसी नगद लिन्थे । जनताबाट वर्षको कुनै दुई दिन ठेकी र बेठी स्वरुप निःशुल्क खेतालो कज्याउन पाउँथे । जनताले राजालाई पनि ठेकी, बेठी, झराली स्वरुप श्रमदान गर्नुपथ्र्यो । यसबाहेक पनि चाडपर्वमा दुध (वलन), कुराउनी, फलपूmल, सिकार गर्दा घोरलको दाहिने सपेटो राजालाई उपहार दिनुपर्ने हुन्थ्यो ।
राज भरतबम मल्लको झण्डै तीन सय मुरी धान फल्ने खेत थियो । राजाको काममा विशेषगरी धान रोप्ने, धान काट्ने (पुली लिने) र धान झाट्ने (जुरी बाँध्ने) काम सकेर मात्र जनताले आप्mनो खेती लाउन/भित्र्याउन पाइन्थ्यो । राजाको पण्डितले दिन जुराएर मात्र बाली लगाउने, भित्र्याउने र नयाँ बालीको न्वागी खाने चलन हुन्थ्यो ।
राजा भरतबमको सुवर्ण शमशेर र वी.पी. कोइरालासँग निकट सम्बन्ध थियो । राजा आफै प्रजातन्त्र प्रेमी राजा भएको हुँदा वि.सं. २०१५ सालको निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट ८६ नं. गलकोट क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि बन्न पुगे । उनैको सरकारले देशका कतिपय क्षेत्रमा रहेका बिर्ता र रजौटाहरु उन्मूलन गर्ने निर्णय ग¥यो । रजौटा उन्मूलन गर्नुपर्छ भन्ने प्रस्ताव यिनै भरतबम मल्लले राखेका र यसको समर्थन बझाङी राजाले गरेका थिए भनिन्छ । तर दुर्भाग्यबस १८ महिना नपुग्दै २०१७ साल पौष एक गते नै राजा महेन्द्रले जननिर्वाचित संसद र सरकार विघटन गरिदिए । करिब ३८६ वर्षको विरासत कायम गरेको राजसंस्था सत्ता र शक्ति दुबैबाट च्युत हुन पुग्यो ।
सात सालको राजनीतिक परिवर्तनले गलकोटलाई दुई ध्रुवम विभाजन ग¥यो । यहीबाट गलकोटमा भाइ फुटे गुहार लुटे भन्ने उखान सुरु भयो । पञ्चायतको आगमनपछि पनि गलकोटमा राजनीतिक दाउपेच कायमै रह्यो । कहिले पञ्च र बहुदलवादी, कहिले काङ्ग्रेस र कम्युनिष्ट त, कहिले हटिया र हरिचौरका नाममा राजनीति मात्र होइन लाजनीति पनि कायमै रह्यो । बहुदलको आगमनपछि पनि यही राजनीतिक दाउपेचकै कारण गलकोटलाई तीनवटा क्षेत्र (१ नं., २ नं., ३ नं.) मा काँक्रोझै चिरा पारियो । उनै न्यायप्रेमी राजाका नाति माधवबम मल्लको विद्रोही पक्षबाट नृशंस हत्या गरियो । भनिन्छ दरबारमा रहेका सबै ऐतिहासिक प्रमाणपत्रहरु पनि नष्ट गरियो । गलकोटको इतिहासलाई समाप्त त पारियो । यसको रहस्य खुल्न अझै बाँकी छ ।
यसरी गलकोटले राजतन्त्र, प्रजातन्त्र, पञ्चायत, बहुदल र गणतन्त्र सबै भोग्यो । गणतन्त्र भोगी रहेको छ । गलकोट शिक्षा, स्वास्थ्य, सञ्यसचार, यातायात, राजनीति, उद्योगधन्दा आदि विविध क्षेत्रमा पछाडि प¥यो नै । अरुको उल्क्याहट र आन्तरिक द्वन्द्वले गर्दा बसाइँ सराइ, बौद्धिक पलायन, हत्या, राजनीतिक प्रतिशोध जस्ता उत्पीडनहरु गलकोटले भोग्नु प¥यो । गलकोटको इतिहासले यही एकता, सहिष्णुता र द्वन्द्वको भावलाई झल्काउँछ । आन्तरिक द्वन्द्व, घात र प्रतिघात गर्नुहुँदो रहेनछ भन्ने पाठ सिकाउँछ । भविष्यमा कुनै वैमनस्य नभित्रियोस् भन्ने नैतिक शिक्षा दिन्छ ।
ख. गलकोटमा शैक्षिक जागरण
गलकोट क्षेत्रमा शैक्षिक जागरण २००७ सालपूर्व नै आएको थियो । यहाँका सबैभन्दा पुराना दुईवटा विद्यालयहरुमा ‘गौमुखी पाठशाला’ हटिया र ‘भरत चैतन्य मिडिल स्कुल’ हरिचौर हुन् । यी दुबै विद्यालयहरु स्थापनाकालदेखि नै प्रतिस्पर्धात्मक रुपमा अगाडि बढे । गौमुखी पाठशाला वि.सं. २००५ सालपूर्व गुरुकुल पाठशालाका रुपमा रजरा ठाँटीमा सञ्चालित थियो । यसै गुरुकुल पाठशालामा नेपाली अक्षराङ्क शिक्षा र संस्कृत शिक्षा दिइन्थ्यो । यसको महत्व र माग बढ्दै गएपछि वि.सं. २००५ सालतिर ‘गौमुखी पाठशाला’ का नामले हटिया बजारमा स्थापना गरियो । यही पाठशाला २०१७ सालमा ‘गौमुखी मिडिल स्कुल’ मा परिणत हुन सफल भयो । यो विद्यालय २०२२ सालमा ‘गलकोट हाइस्कुल’ र २०५३ सालमा जिल्लाकै पहिलो ‘गलकोट उमावि’ बन्न सफल भयो (थापा, २०७२)।
शैक्षिक प्रतिस्पर्धाले गलकोटमा शिक्षा र चेतनाको स्तरवृद्धिमा ठूलो सहयोग त पु¥यायो तर यसले सामाजिक सद्भाव र राजनीतिक स्थायित्वमा त्यति उपलब्धि हासिल गराउन सकेन । हटियासँगै हरिचौरमा पनि २००७ सालपूर्व नै गुरुकुल पाठशाला सञ्चालनमा आएको थियो । राजा भरतबम मल्लको आप्mनी रानीको नामबाट विद्यालय सञ्चालन गर्ने चाहना भएपछि वि.सं. २००६ सालमा ‘भरत चैतन्य मिडिल स्कुल’ हरिचौर बजारमा स्थापना हुन पुग्यो । यही स्कुललाई वि.सं. २००९ चैत्र २० गतेको मितिमा कपिलवस्तु शिक्षा डिभिजन कार्यालयको स्वीकृति पत्र अनुसार स्थायी अनुमति प्राप्त भयो । यही स्कुल २०१८ सालमा अरनिको निमावि (१–५), २०२५ सालमा घुम्टे प्रावि (१–३), २०२७ सालमा पृथ्वी नमुना पाठशाला, २०२८ सालमा पृथ्वी निमावि, २०४४ सालमा पृथ्वी मावि र २०६६ सालदेखि पृथ्वी उमाविका नामले सञ्चालनमा रहेको छ (थापा, २०७२) ।
वि.सं. २०२६ सालतिर हटियाको ‘गलकोट हाइस्कुल’ र हरिचौरको ‘अरनिको निमावि’ लाई एकीकरण गर्ने योजना गराइयो । दुबै विद्यालयको संयुक्त नाममा हरिचौर र हटियाको बीचमा पर्ने मजुवा फाँटमा टहरो बनाइ ‘मजुवा गलकोट माध्यमिक विद्यालय’ सञ्चालन गर्ने सहमति भयो । सोही सहमति अनुरुप एक वर्षसम्म उक्त स्थानमा अस्थायी टहरोमा माध्यमिक विद्यालय सञ्चालन पनि गरियो । तर राजनीतिक र भेकीय स्वार्थका कारण विद्यालय लामो समयसम्म टिक्न सकेन । पञ्चायती व्यवस्थाको राजनीतिक प्रभाव त्यहाँ नपरी रहन सकेन । त्यहाँ पढाउने शिक्षक चित्रबहादुर के.सी. र झलनाथ खनाल भूमिगत हुनु प¥यो । भेकीय खिचातानी पनि यथावत कायमै रह्यो ।
गलकोट हाइस्कुल २०२७ सालमा पूर्ववत् हटिया बजारमा सारियो भने हरिचौरको अरनिको निमावि पनि हटियामै गाभियो । हरिचौरले पुनः २०२७ सालमा अर्को नयाँ विद्यालयका रुपमा पृथ्वी नमुना पाठशाला सञ्चालन ग¥यो । यही विद्यालय अद्यापि उमावि बन्न सफल भएको छ । यहाँ विद्यालयमात्र होइन राजनीति पनि पञ्च, कांग्रेस र कम्युनिष्टका नाममा धु्रवीकृत हुँदै गयो । कम्युनिष्टका पनि अनेक चिराहरु देखिन थाले । राजनीतिले गलकोटलाई दिशाबोध होइन कि गन्तव्य बिहिन बनायो । यसको असर अद्यापि कायमै छ ।
वि.सं. २०२७ सालमा नयाँ सोंचका साथ स्थापना भएको ‘गलकोट हाइस्कुल’ मा २०२७ साल कार्तिक १४ गते पहिलो पटक गलकोट पुगेका बैतडी जिल्ला दशरथ चन्द नगरपालिका वडा नं. ८ निवासी मोहनचन्द राजनले उक्त विद्यालयमा ३७ वर्षसम्म प्रधानाध्यापक, प्राचार्य तथा क्याम्पस प्रमुख भई अविच्छिन्न सेवा गरेको अनुभव उहाँले बताउनु हुन्छ । प्रावि, निमावि, मावि र उमावि हुँदै विकसित भएको यो संस्था उमावि कै भवनमा २०६१ सालदेखि ‘गलकोट बहुमुखी क्याम्पस, हटिया’ को नामले चिनिन सफल भएको छ । हाल गलकोट उमाविमा विज्ञान, शिक्षा र व्यवस्थापन समूहको अध्यापन हुन्छ भने क्याम्पसमा स्नातक तहको मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायमा अध्यापन कार्य हुन्छ ।
गलकोट क्षेत्रमा ‘भैरव प्रावि, मल्म’ (२०१५) र जनहित मिडिल स्कुल, मल्म (२०१६) पनि पुराना विद्यालय अन्तर्गत नै पर्दछन् । यी लगायत अनेक सामुदायिक र संस्थाग विद्यालयहरु गलकोटमा सञ्चालित छन् । शिक्षाप्रतिको लगाव हुँदाहुँदै पनि गलकोटले शिक्षाबाट आशातीत उपलब्धि हासिल गर्नसकिरहेको छैन । नेता, शिक्षाविद्, समाजसेवी र प्राविधिक जनशक्ति हुँदाहुँदै पनि गलकोटलाई एकताको सूत्रमा बाँधेर सही गन्तव्यमा पु¥याउने नीति र नेतृत्वकै अभाव देखियो । आगामी दिनमा स्थानीय सरकारले यो अभिभारा पूरा गर्नुपर्ने हुन्छ ।
ग. सांस्कृतिक सम्पदा
गलकोट एउटा विविध प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी क्षेत्र हो । यहाँ विविध जाति, पेशा, धर्म र संस्कार बोकेका मानिसहरु बसोबास गर्दछन् । २०१७ सालसम्म पनि यो एउटा छुट्टै राज्यको अभ्यास गरेको ठाउँ हुनाले पनि यसको आफ्नै मौलिक संस्कृति हुनु स्वभाविकै हो । गलकोट क्षेत्रमा सबै जात र वर्णका मानिसहरुको बसोबास हुनुका नाताले पनि यहाँ सबै धर्म, संस्कृति, चाडपर्वहरु र लोकसाहित्यको भण्डार रहेको छ । यहाँका मुख्य चाडहरुमा वैशाखे बुद्धपूर्णिमा, उभौली, उँधौली, असारे, साउने सक्रान्ति, कृष्णअष्टमी, जनैपूर्णिमा, तिज, दशैं, तिहार, ठुली एकादशी, कात्तिके, पुसेपन्ध्र, माघेसक्रान्ति, फागुपूर्णिमा आदि हुन् ।
लोगीत, लोकनृत्यहरु, झाम्रे (यानीमाया, नानीलै, सालैजो, विनासाले, घुम्टे साइला, चुड्का), सोरठी, भैलो, ख्याली, भजन, रत्यौली, गोविचन, लाखेनाच, घाटुनाच, सरायोनाच, गाइनेगीत, जोगीनृत्य, खुकुरीनाच, भुस पोल्ने, सिङ फेर्ने, सिस्नु खोस्ने, छाप खन्ने, धामीओख्खा आदि यहाँका सांस्कृतिक सम्पदा हुन् । त्यसैगरी नौमती, माचुङ्गा, मुरली, मादल, डम्फु, खैजडी, मुजुरा, घाँघर आदि यहाँका मौलिक बाजाहरु हुन् । यीमध्ये केही सांस्कृतिक सम्पदाहरु लोपोन्मुख अवस्थामा छन् । एकतामा अनेकता र अनेकताभित्र मौलिक पहिचान बोकेका यी सांस्कृतिक सम्पदाको संरक्षण गर्नु हाम्रो कर्तव्य हो । तर अहिले बसाइँ सराइ र वैदेशिक रोजगारीको सबैभन्दा ठूलो प्रभाव सांस्कृतिक सम्पदामा परेको छ । यी सांस्कृतिक सम्पदाहरुलाई बचाउनु नयाँ पुस्ताको दायित्व हो भने स्थानीय सरकारको पनि कर्तव्य हो ।
घ. गलकोटको सामाजिक मनोविज्ञान
गलकोट क्षेत्रमा विविध जाति, वर्ग, धर्म, संस्कार र पेसाका मानिसहरु हुँदाहुँदै पनि सबैको परस्पर साझा सामाजिक मनोविज्ञान भनेकै ‘हामी गलकोटे हौँ’ भन्ने हो । गलकोटबाहिर स्वदेश तथा विदेशका विभिन्न भूगोलमा बस्नेहरुले त्यहाँ पहिले ‘गलकोट समाज’ गठन गरी सामाजिक कार्यहरु थर्न थालेको र आपसमा भावनात्मक सम्बन्ध जोडेको पाइन्छ । पहिले आफूलाई गलकोटे भनेर चिनाइसकेपछि आफ्नो जात, थर, पेशा, नाम बताएर चिनाउने विशेषता भनेकै गलकोटको हो । गलकोटेहरु कतिसम्म उदार भावनाका हुन्छन् भन्ने कुरा सरकारले गर्न नसकेका क्षेत्रहरुः दैवी प्रकोप, विद्यालय, बाटोघाटो, शिक्षा र स्वास्थ्यका क्षेत्रमा उनीहरुले गरेको मनग्गे आर्थिक सहयोगबाट पुष्टी हुन्छ ।
गलकोटको सामाजिक संरचनालाई हेर्दा यहाँ केही जातीय उत्पीडन र वर्गीय असमानता हुँदाहुँदै पनि अनेकतामा एकता र एकतामा अनेकताको विशेषता भएको समाज यहाँ पाइन्छ । यहाँ आप्mनै मौलिक पहिचान र सामाजिक सद्भाव भएका विभिन्न जाति, जनजाति र दलित समुदायको बसोबास रहेको छ । गलकोटको मौलिक पहिचान भनेकै त्यहाँको वंशाणुगत रक्तसम्बन्ध, आपसी वैवाहिक सम्बन्ध, मितेरी साइनो, आपसी श्रम विभाजन, श्रम साटासाट, हुद्दा, पर्मा, देवीदेवताको थान–मन्दिर, चाडपर्वहरु आदि सबैका साझा विषय हुन् । यी साझा विषयमा कुनै जात, धर्म, वर्ग, पेसा र भेकले कुनै प्रभाव पार्दैन । बरु अनेकतामा एकताको भाव सम्प्रेषणमा भूमिका खेलेको हुन्छ । धान, मकै, कोदो, गहुँ, उवा, जौ, भट्टमास, आलु, भाङ्गो, मुलाका धजरा जस्ता वस्तु विनिमय गरी स्थानीय पहिचान दिनु, व्यावहारिक समस्या सुल्झाउनु र भ्रातृत्वको भावना विकास गर्नु पनि गलकोटेको विशेषता हो । यो साझा सामाजिक पहिचानलाई जोगाइ राख्नु हामी सबैको उत्तिकै दायित्व हो ।
गलकोट प्राकृतिक साधन र स्रोतले धनी क्षेत्र हो । यहाँ सुन, तामा, सिसा, स्लेट आदि खानीका अवशेष यत्रतत्र पाइन्छन् । यी स्रोतहरु सबै गलकोटेका साझा सम्पति हुन् । साथै जल, जङ्गल र जमिनम पनि सबै गलकोटेको साझा अधिकार भएको पाइन्छ । अधिकांश गलकोटेहरुका दरम, गौदी र काभ्रे खोलाका किनारमा खेत, बीच पहाडमा घरबारी र लेकमा खर्क, गोठ, गोठथरी अनि सामुदायिक वनहरु रहेको पाइन्छ । यी साझा प्राकृतिक साधन र स्रोतहरु अहिले पनि हामी सबैका साझा हुन् भन्ने भावना यथावत कायमै रहेका छन् ।
घुम्टे सिद्धभैरवको थान, तस्वीरः प्रकाश थापा
गलकोट लामो समयसम्म शिक्षा, स्वास्थ्य, संचार र यातयात सुविधाबाट बञ्चित नै रहनु प¥यो । यसको परिणाम स्वरुप गलकोटवासीले गास, बास र रोजीरोटीको खोजीमा बसाइ सराइ र श्रमपलायनको पीडा भोग्नु प¥यो । हरेक सवालमा पछाडि पर्नु प¥यो । अहिले गणतन्त्रको आगमनसँगै पूर्वपश्चिम पहाडी लोकमार्गले गलकोटलाई सुगम बनाइसकेको छ । यो यातायात सुविधाले अब गलकोटमा शिक्षा, स्वास्थ्य, संचार, जलविद्युत र विविध उद्योगको ढोका खोलिदिएको छ ।
ङ. समृद्धि र पर्यटकीय सम्भावना
गलकोट नेपालभित्रको नेपाल मात्र होइन कि नेपाल जस्तै सुनको कचौरामा भिख माग्ने स्थानीय तह पनि हो । गलकोटमा जल, जमिन, जंगल, जडिबूटी र खनिज सम्पदा प्रचुर मात्रमा छन् । परिश्रमी हातहरु र उदार मनहरु पनि छन् । तर सबै कुराले सम्पन्न हुँदाहुँदै पनि किन हो कुन्नी आधाभन्दा बढी गलकोटेहरु गलकोटभन्दा बाहिरै स्वदेश वा परदेशमा छन् । गाउँमा श्रमिक, साधन र दक्ष जनशक्तिको अभाव छ । गाउँघरमा सांस्कृतिक कार्यक्रम, दैवी प्रकोप, रोगव्याधि, विकास निर्माणका कार्यहरु आदि सञ्चालन गर्नुपर्दा उनै परदेशी परिश्रमीप्रति आशामुखी बन्ने संस्कारको विकास भइसकेको छ । यो पराश्रित अवस्था र व्यवस्था कहिलेसम्म ? विप्रेषणमा कहिलेसम्म निर्भर ? सचेत युवाहरुले सोच्ने समय आइसकेको छ । समृद्धि आफैबाट सम्भव छ, आफैले केही गर्नुपर्छ ।
गलकोटको समृद्धिमा इतिहासको अध्ययन, शैक्षिक जागरण, सांस्कृतिक सम्पदाको संरक्षण, साझा मनोविज्ञानको विकास, प्राकृतिक साधन र स्रोतको उपयोग, पर्यटकीय सम्भावनाको खोजी आजको आवश्यकता हो नै । गलकोटको महत्वलार्ई उजागर गर्ने सजिलो माध्यम पर्यटन व्यवसाय पनि हो । गलकोटमा पर्यटनका अनेक सम्भावनाहरु छन् । व्यक्ति तथा राज्यका तर्फबाट शिक्षा, स्वास्थ्य, आवास, कला, जैविक विविधता आदि पक्षलाई जोडेर पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । यसबाहेक पनि माछा छोपाइ (फिसिङ), जंगल सफारी, चट्टान आरोहण (रकक्लाइमिङ), छहरा आरोहण (क्यानोइङ), बन्जिजम, प्यारागलाइडिङ, घोडे यात्रा (पोनीट्रेक्स), माउन्टेन बाइकिङ, गुफा ध्यान (क्याभ मेडिटेसन), पहाड अवलोकन, झरना अवलोकन जस्ता अनेक प्राकृतिक पर्यटन व्यवसायको उत्तिकै सम्भावना छ ।
गलकोटमा पाइने चमेली लगायतका विभिन्न प्रजातिका गुराँसका फूलहरु, चाँप, सुनाखरी, प्याउली, कोइरल आदि सयौं प्रकारका फूलहरु यहाँका प्राकृतिक सौन्दर्य हुन् । चिराइतो, पाँचऔले, भुत्केस, जटामसी, हनुमानवीर, गुजरगानो, पखनबेत, सिलाजित, परलचाल्नो, सतुवा, रौतेमुला, एक्लेवीर आदि औषधिजन्य जडीबुटीहरु, चुत्रो, ऐसेलु, काफल, डेम्मर, जामुन, मुसेलेडी, गुएँली, अएँरी, घएँरी, गोलकाँक्री आदि जङ्गली फलपूmलहरु र न्युरो, बोके, कोइराल, सिप्लिकान, कुकुर डाइना, गिठा, भ्याकुर, तरुल, बाँको, ढका, हलहले, रुपासाग, खिर्मलासाग, लसुनेसाग, अमिलो, असला माछा आदि प्राकृतिक तिउनतरकारी गलकोटेका लागि आयआर्जन र पर्यटक लोभ्याउने प्रकृतिक स्रोत हुन् ।
गलकोटमा पाइने स्थानीय प्रजातिका खाद्यान्न, फलफूल, खनिज (तामा, फलाम, सिसा, सुन) पदार्थ, क्रसर (गिटी, बालुवा) उद्योग, काष्ठउद्योग एवम् स्लेट खानीहरु सञ्चालन गर्नसके मात्र पनि यहाँ कोही भोकै मर्न र बेराजगार बस्नुपर्दैन । खनिज, वन्यजन्तु तथा जडीबुटीको संरक्षण र संवद्र्धन गर्न एउटा अनुसन्धान केन्द्र सञ्चालन गर्नसकेको खण्डमा विदेशी पर्यटक र आन्तरिक अनुसन्धानकर्ता, विद्यार्थी र वातावरणविद्हरुको गलकोटमा आइरो लाग्ने अवस्था छ । एउटा मात्र अन्तराष्ट्रिय मूर्तिकला केन्द्रले गलकोटलाई स्वभायमान बनाउनुका साथै आन्तरिक पर्यटकहरुलाई आकर्षित बनाएको छ । यस्ता सयौं पर्यटक लोभ्याउने कामहरु गर्नसकिन्छ ।
गलकोटमा ठूला उद्योग, फर्महरु, घरेलु उद्योग, प्राविधिक शिक्षालय, अनुसन्धान केन्द्र, शैक्षिक केन्द्र, तालिम केन्द्रहरु, चिकित्सालय, सञ्चार गृह, कलाकेन्द्र, सांस्कृतिक मञ्च, वाचनालय, खेलकूद विकास केन्द्र आदि विकास गर्नसकिने अनेकौ सम्भावनाहरु छन् । नयाँ पुस्ता विस्तारै स्वरोजगार, फर्महरु सञ्चालन, सञ्चारको उपयोग र प्रविधिप्रति आकर्षित हुँदै गएको अवस्था पनि छ । यसले व्यक्ति, समाज र राष्ट्रको उन्नतिमा ठूलो सहयोग पुग्नेछ ।
च. निष्कर्ष
गौरवशाली इतिहास, सांस्कृतिक विविधता, भावनात्मक एकता र पर्यटकीय सम्भावनाले भरिपूर्ण भूगोलको नाम नै गलकोट हो । पहाड, जल, जंगल, जडीबुटी, जनघनत्व र उर्वर भूमि यसका आकर्षण हुन् । ऐतिहासिक गलकोट राज्य र वर्तमान स्थानीय तहका नामले चिनिने गलकोटलाई संक्षेपमा चिनाउनु पर्दा यसको आफ्नै गौरवमय इतिहास छ । गलकोट आफैमा सामाजिक, भौगोलिक र सांस्कृतिक विविधताले भरिपूर्ण छ । प्राकृतिक सम्पदाले परिपूर्ण र भरिपूर्ण छ । विगतको संकीर्ण स्वार्थ र राजनीतिक क्षुद्रताले नयाँ पुस्तालाई सघन पाठ सिकाइसकेको छ । परदेशमा मात्रै होइन अब घरदेशमा बसेर पनि केही गर्नसकिन्छ भन्ने सोंच नयाँ पुस्तामा पलाएको छ । परदेशको सीप, आधुनिक प्रविधि र गलकोटको सम्पदालाई उपयोग गरी केही गर्नसकिन्छ भन्ने भावनाको विकास भएको छ । अब गलकोटलाई उत्तम व्यवस्थापन र सक्षम नेतृत्वको मात्र खाँचो छ ।
सन्दर्भ कृतिसूची
गौतम, कृष्णप्रसाद (२०४४), ”गलकोट राज्यको ऐतिहासिक रुपरेखा”, त्रि.वि. इतिहास केन्द्रीय विभाग, स्नातकोत्तर तहको शोधपत्र -अप्र_ ।
थापा, दिनबहादुर (२०५०), ‘‘गलकोट क्षेत्रमा प्रचलित लोकगीतहरुको सर्वेक्षण र अध्ययन”, त्रि.वि. नेपाली केन्द्रीय विभाग, स्नातकोत्तर तहको शोधपत्र (अप्र) ।
थापा, दिनबहादुर (२०७२), ‘‘बागलुङ जिल्लाको शैक्षिक रुपरेखा”, शैक्षिक दर्पण २०७२, बागलुङ ः जिल्ला शिक्षा कार्यालय बागलुङ, वर्ष १, अङ्क १, पृ. २३४—२४१ ।
बानियाँ, चन्द्रप्रकाश (२०६२), ऐतिहासिक पर्वत राज्य, म्याग्दी ः म्याग्दी पुस्तकालय ।
बानियाँ, कर्णबहादुर (२०६३), पाल्पा गौँडा, काठमाडौँः पूmलचोकी पब्लिकेशन एण्ड डिस्ट्रिब्युसन प्रा.लि. ।
बानियाँ, कर्णबहादुर (२०७५), म्याग्दीको इतिहास, संस्कृति र सम्पदा, चितवन ः विष्णुदेवी बानियाँ ।
सूचक
१. बमबहादुर बस्नेत, गलकोट नगरपालिका वडा नं. ६ बाँझाबारी, वर्ष ८८ ।
२. मञ्जेशबम मल्ल, गलकोट नगरपालिका वडा नं. ६ हरिचौर (गलकोट राजपरिवार सदस्य) ।
३. बद्री ढकाल, (प्राचार्य, पृथ्वी मा.वि, हरिचौर) ।
४. देवेन्द्र खत्री, (प्राचार्य, गलकोट मा.वि, हटिया) ।
Very nice article
Well written