चिनियाँ प्रगतिपथको दिशा
![](https://dinthapa.com.np/wp-content/uploads/2024/03/404895100_6606506499447409_2555271894588447766_n-1024x577.jpg)
चीनको मुख्य सहर बेइजिङले संसारको ध्यानाकर्षण गरिरहेको छ । चिनियाँ आकर्षणका विषयहरु के रहेछन् भनी बेइजिङको स्थलगत अवलोकन भ्रमण गर्दै गर्दा प्राप्त भएका केही अनुभूतिहरुलाई यहाँ समेट्ने प्रयास गरिएको छ । लेखकीय अनुभवमा बेइजिङका आकर्षणहरु भनेकै भाषा, संस्कृति, पर्यटन, शिक्षा, नीति र नेतृत्व हुन् भन्ने लाग्यो । यही पृष्ठाधारमा बेइजिङको रुपरेखा भेटियो । बेइजिङको रुपरेखा, कन्फुसियस दर्शन, माओको विचार र सी जिनपिङको नीति तथा नेतृत्वले चीनलाई आजको यो अवस्थामा कसरी ल्याइ पुर्यायो भन्ने विषयमा यो लेख आधारित रेहको छ ।
![](https://dinthapa.com.np/wp-content/uploads/2021/08/image.png)
बेइजिङ अन्तर्राष्ट्रिय चिनियाँ कलेज (बिआइसिसि) को औपचारिक निमन्त्रणामा संयोगवश केही दिनका लागि चीनको बेइजिङ सहर अवलोकन भ्रमणको अवसर मिल्यो । यही अवसरमा पूर्वनिर्धारित कार्यतालिका बमोजिम त्यहाँका केही शैक्षिक संस्थाहरु र सांस्कृतिक सम्पदाहरुको दर्शन गर्न पाइयो । यसै अवसरमा सम्बन्धित संस्था प्रमुखहरुसँगको औपचारिक भेट र भलाकुसारीसँगै चिनियाँ वास्तविक अवस्थाको ज्ञात भयो । आपसी सहयोग आदनप्रदानका विषयमा छलफल, चिनियाँ चरित्रका सिकाइ केन्द्रहरुमा दृष्टिगोचर र रमणीय स्थलहरुको अवलोकन भ्रमण गर्ने साइत पनि जुर्यो।
भ्रमणकै क्रममा बेइजिङ अन्तर्राष्ट्रिय चिनियाँ कलेज, फाइनान्स र इकोनोमिक्सको केन्द्रीय विश्वविद्यालय, बेइजिङ नं. ८० मिडिल स्कुल र बेइजिङ न्युट्यालेन्ट एकेडेमीलगायतका शैक्षिक संस्थाहरुसँगको औपचारिक भेट आफैँमा अविस्मरणीय रह्यो । चाइनिज प्लस, उच्च शिक्षा प्रेस र पाठ्यपुस्तक प्रकाशन गृहको अवलोकन गर्ने मौका पनि मिल्यो । ग्रेटवाल भ्रमण, स्वर्गपार्क मन्दिरको दर्शन तथा पर्ल मार्केट अवलोकन पनि गरियो । फोर्बिडन सिटी भ्रमण, तियानमेन स्क्वायर दर्शन, क्वाइनमेन सपिङ एरिया भ्रमण, ओलम्पिक बर्डनेस्ट स्टडियम अवलोकन र वाटर क्युब भ्रमणले मेरो मानसपटलमा चीनको अकल्पनीय वास्तविकतालाई दर्सायो । यिनै अनुभवलाई यहाँ प्रस्तुत गरिएको छ ।
एलआरआइ शैक्षिक संस्थाको सहजीकरण, बिआइसिसिको व्यवस्थापन र चिनियाँ भाषा शिक्षा तथा सहयोग केन्द्रको प्रायोजनमा बेइजिङ अवलोकन भ्रमणको अवसर प्राप्त भयो । भ्रमणको उद्देश्य चिनियाँ संस्कृति, शिक्षा पद्धति र राष्ट्रिय अवस्थालाई नजिकैबाट निहाल्नु थियो । भ्रमण आयोजक संस्थाको उद्देश्य पनि आफ्नो संस्कृति र भाषा शिक्षाको उपलब्धिलाई अन्तराष्ट्रिय स्तरमा उजागर गराउनु नै थियो होला । मेरो मोटो बुझाइमा उनीहरु नेपाल जस्ता छिमेकी मुलुकहरुका विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा चिनियाँ भाषा–संस्कृतिको प्रभाव बढाउन र नेपालीहरुलाई चिनियाँ भाषा–संस्कृतिप्रति रुचि जगाउन वा सिकाउन चाहन्छन् । चिनियाँहरु दुबै पक्षको हितका लागि भाषा र संस्कृतिको आपसी आदानप्रदान कार्यक्रम संचालन गर्न चाहदा रहेछन् ।
![](https://dinthapa.com.np/wp-content/uploads/2024/03/404177698_6606503026114423_1635424375416347083_n-1-edited.jpg)
बिआइसिसि सन् २००५ मा चिनियाँ भाषा र संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनका निम्ति स्थापित एक व्यावसायिक गैर सरकारी उच्च शैक्षिक संस्था हो । यसले बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सम्बद्ध देशहरुमा चिनियाँ भाषा शिक्षणका निम्ति कन्फुसियस इन्स्टिच्युटको हेडक्वार्टर र अन्य चिनियाँ आधिकारिक निकायहरुबाट समेत मान्यता पाएको रहेछ । बिआइसिसिले अन्तर्राष्ट्रिय विद्यार्थीहरु छनोट गर्ने, विदेशी विशेषज्ञहरुलाई रोजगारी दिने, चिनियाँ भाषा प्रशिक्षणका कार्यक्रमहरु आयोजना गर्ने, परीक्षा सञ्चालन गर्ने र वैदेशिक सहयोगका कार्यक्रमहरु सञ्चालन गर्ने कार्यहरु गर्दो रहेछ । साथै कन्फुसियस कलास रुम सञ्चालन गरेका नेपाल र बेलारुस लगायत अमेरिका, जिम्बाब्वे, कोस्टारिका, कम्बोडिया, उरुग्वे आदि देशहरुमा चिनियाँ भाषा शिक्षकहरु उपलब्ध गराउने लगायतका कार्यहरु यसले गर्दो रहेछ ।
विचार बुभ्mने, विचार बुझाउने र विचार बोक्ने साधन भनेकै मातृभाषा हो । दोस्रो भाषाको माध्यमबाट पनि विचार बुझ्न र बुझाउन त सकिएला तर सन्दर्भ सापेक्ष ज्ञानलाई दोस्रो भाषाले बोक्न सक्दैन । चीनमा आप्mनो चिनियाँ भाषालाई हरेक औपचारिक समारोह, शिक्षा, सञ्चार, स्वास्थ्य, सूचना–प्रविधि र विदेशी भाषा अनुवादमा समेत अनिवार्य उपयोग गरिँदो रहेछ । यसबाट हरेक नागरिकको बुझाइ स्तर र राष्ट्रवादी सोंचको विकासमा टेवा पुग्छ होला । मातृभाषाका माध्यमबाट मात्रै आप्mनो शिक्षा, स्वास्थ्य, संस्कृति, प्रकृति, भूगोल, मानवीय मूल्य र राष्ट्रको पहिचानलाई बुझ्न\बुझाउन सकिन्छ भन्ने सार्वभौम सिद्धान्त हो । यसको महत्त्व चीनले राम्रोसँग बुझेको महसुस भयो ।
चीनमा पर्यटन प्रवद्र्धनका आधारहरु सांस्कृतिक सम्पदाहरु हुन् । चीन आफ्नो पाँच हजार वर्षभन्दा लामो संस्कृति र सभ्यतालाई विश्वव्यापी गराउन चाहन्छ । विश्व प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षण सूचीमा चीन अग्र पङ्तिमा पर्दो रहेछ । चीनले आप्mनो मात्र होइन संसासभरकै सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्नु पर्दछ भन्ने मान्यता राख्छ । चीन आफैँमा प्रकृति र संस्कृति प्रेमी राष्ट्रका रुपमा चिनिन्छ । चीन एसियाली सांस्कृति, परम्परा र सभ्यतको संरक्षण गर्न इच्छुक रहेको बुझिन्छ । दुई हजार वर्ष पुरानो रेशम मार्गलाई नयाँ संस्करणका रुपमा चीनले बिआरआई परियोजनाअन्तर्गत सञ्चालनमा ल्याएको छ । यसको मूल उद्देश्य पनि आप्mनो भाषा, संस्कृति, पर्यटन र व्यापार प्रवद्र्धनमा टेवा पु¥याउनुमै परिलक्षित देखिन्छ ।
![No photo description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t39.30808-6/401693992_6590874167677309_5581237141272573998_n.jpg?_nc_cat=111&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=3A5xYlGv_-kAX9JSjto&_nc_ht=scontent.fktm1-1.fna&oh=00_AfCJZp4-6bZ7LOf8qO4P2Z3HKIhuOi6XXg2wAhtGRokq0g&oe=65EFCCDB)
![No photo description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t39.30808-6/404260682_6606504709447588_8294898141334275838_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=HnUN5O7yh4sAX8IqF-z&_nc_ht=scontent.fktm1-1.fna&oh=00_AfBfJ43nRb0Ud6J35O-dHjlxWYw_nopa1rwAe8rAUSCT6Q&oe=65EF6090)
![No photo description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t39.30808-6/401388411_6575313235900069_44128453013955834_n.jpg?_nc_cat=110&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=VM_Xa2q6UuoAX_nsxLo&_nc_ht=scontent.fktm1-1.fna&oh=00_AfCgr2qK-KWaM4Qstph4mIqTOJz_lPzLITPTCvQlfvkISQ&oe=65F0758F)
एक पुस्तादेखि अर्को पुस्ता हुँदै पुस्तौँ पुस्ता हस्तान्त्रण हुँदै जाने मानवीय व्यवहार, रीतिरिवाज र कलात्मक वस्तुशैलीका भौतिक संरचनाहरु नै सांस्कृतिक सम्पदा हुन् । यिनै सांस्कृतिक सम्पदाहरुमा मानवको इतिहास लुकेको हुन्छ । विश्वमा चीनले सांस्कृतिक सम्पदाको मूल्य र महत्त्व बुझेको छ । यसलाई जोगाउनु पनि मानवकै कर्तव्य हो भनी ऊ ठान्छ । यी सांस्कृतिक सम्पदाहरु मूर्त र अमूर्त गरी दुई प्रकारका हुन्छन् । मूर्त सम्पदाहरुमा थान, मठमन्दिरहरु, पाटीपौवा, भवन, कलाकृति, कुवा, पोखरी, चौतारी, हस्तलिपि, काष्ठकला आदि पर्दछन् ।
अमूर्त सम्पदाहरुमा भाषा, चाडपर्वहरु, वेशभूषा, नृत्य, गीत, संगीत, कला, परम्परित चिकित्सा पद्धति, विविध शिल्पहरु, लोकसाहित्य आदि पर्दछन् । यी सम्पदाहरु आफैँमा स्वरोजगार र अर्थव्यवस्थाका मुख्य स्रोतहरु पनि हुन् । पर्यटकीय आकर्षणका विषय त हुँदै हुन्, आय आर्जनका स्रोत पनि हुन् । यी सम्पदाहरुले वर्तमान, भूत र भविष्यतलाई जोड्ने पुलको काम पनि गर्दछन् । यस विषयमा चीनले आप्mना नागरिकलाई सचेत गराइ सकेको र छिमेकी मित्र राष्ट्रलाई पनि पाठ सिकाइ रहेको अनुभव भयो ।
भूकम्पले तहसनहस बनाएको काठमाडौँ, वशन्तपुरमा रहेको उच्च कलात्मक र ऐतिहासिक नौतले मन्दिरको मर्मत कार्य चिनियाँ सांस्कृति सम्पदा अनुसन्धान परिषद्को कार्य टोलीले पाँच वर्ष लगाएर सम्पन्न गरेको छ । यसबाट पनि चीन आप्mना मात्रै होइन नेपालका सांस्कृतिक सम्पदाहरु बचाउन चाहन्छ भन्ने पुष्टि हुन्छ । चिनियाँ एक पथप्रदर्शकको भनाइअनुसार हरेक वर्ष करिब छ लाखको संख्यामा चिनियाँ पर्यटकहरु नेपालमा आउँदा रहेछन् भने विश्वबाट चीनको बेइजिङ शहरमा मात्र हरेक वर्ष करिब सात करोड मानिसहरु पुग्दा रहेछन् । यसबाट पनि चिनियाँ संस्कृति संसारमा अब्बल छ, उनीहरुले पर्यटनको महत्त्व बुझेका छन् र अरुलाई पनि बुझाउन चाहन्छन् भन्ने पुष्टि हुन्छ ।
![](https://dinthapa.com.np/wp-content/uploads/2024/03/IMG-20240308-WA00131-1024x576.jpg)
![](https://dinthapa.com.np/wp-content/uploads/2024/03/IMG-20240120-WA0013-1024x576.jpg)
चीन आफैँमा धर्म निरपेक्ष राष्ट्र हो । चीनको संविधानले नागरिकलाई धार्मिक स्वतन्त्रता प्रदान गरेको छ । तर उनीहरुकै भनाइअनुसार बेइजिङका करिब ९० प्रतिशत मानिसहरु कुनै पनि धर्मप्रति वास्ता नगर्दा रहेछन् । बाँकी मानिसहरु बौद्ध, क्याथोलिजम, डोओजिम, इस्लाम र प्रोटेस्टेन्टिजम धर्मावलम्वी भएको जानकारी पाइयो । चिनियाँ सत्तारुढ पार्टीका समर्थकहरु नास्तिक भनेर चिनिन्छन् । यद्यपि पछिल्लो समयमा चीनमा धार्मिक गतिविधि बढ्दो क्रममा भएको अनुमान पनि गरिदो रहेछ । धार्मिक आस्थाले वामपन्थ वा कम्युनिष्ट विचारको राजनीतिक सत्तालाई प्रभाव पार्नु हुँदैन र धार्मिक मामिलामा विदेशी प्रभाव पर्नु हुँदैन भन्ने मान्यता सरकारको रहेछ । यद्यपि कन्फुसियसवाद र बुद्धधर्मप्रति भने चिनियाँहरु बढी उदार देखिदा रहेछन् ।
कन्फुसियस चीनका सांस्कृतिक धरोहर हुन् । उनी धर्म प्रचारक वा ईश्वरको बखानकर्ता नभएर धर्म सुधारक दार्शनिक मानिन्छन् । उनलाई चिनियाँहरु धार्मिक सुधारक वा नैतिकताको पाठ सिकाउने धार्मिक गुरुका रुपमा मान्दा रहेछन् । उनले आप्mना शिष्यहरुलाई सत्य, प्रेम र न्यायको पाठ सिकाउँथे रे । उनी मानिसहरुलाई विनम्र, परोपकारी र चरित्रवान बनोस् भन्ने चाहन्थे । आपूmलाई मन नपर्ने व्यवहार अरुलाई पनि गर्नु हुँदैन भन्ने मान्यता नै कन्फुसियसवादको मूल मर्म रहेछ । चीनमा कन्फुसियसले सुनेका भन्दा देखेका र देखेका भन्दा अभ्यास गरेका विषयमा बढी विश्वास गर्थे रे भन्ने मान्नेता रहेछ । कन्फुसियसको यो विचार अद्यापि चिनियाँ नागरिकमा प्रतिबिम्बित भएको अनुभव गर्न सकिन्छ ।
![](https://dinthapa.com.np/wp-content/uploads/2024/03/401376178_6587285688036157_1335735206357712082_n-1-577x1024.jpg)
कन्फुसियसलाई दुई हजार वर्ष पहिलेदेखि अद्यापि चिनियाँ शिक्षाको पथप्रदर्शक मानिदो रहेछ । कन्फुसियसवादलाई चीन आपूmले पनि अवलम्बन गर्दो रहेछ र नेपाल लगायतका छिमेकी देशहरुमा पनि यो दर्शन अवलम्बन गराउन चाहँदो रहेछ । नेपालको त्रिभुवन विश्वविद्यालयमा समेत कन्फुसियस इन्स्टिच्युट स्थापना गर्ने र चिनियाँ भाषाको अध्ययन, अध्यापन तथा अनुसन्धान गराउने विषयमा सहमति भइसकेको रहेछ । यसबाट पनि चीन आप्mनो दर्शन, भाषा र संस्कृति संसारभर फैलाउन चाहन्छ भन्ने अनुभव गर्न सकिन्छ ।
आज पनि चिनियाँ नागरिकहरु र शैक्षिक संस्थाहरुमा कन्फुसियसका आधारभूत मान्यताहरुलाई व्यवहारमा अवलम्बन गरिरहेको बुझिन्छ । कन्फुसियस कर्ममा विश्वास गर्थे । उनको सुनेका कुरा भुल्न सकिन्छ, देखेका वस्तु याद मात्रै गर्न सकिन्छ तर गरेको काम कहिल्लै बिर्सिन्न भन्ने भनाइ रहेछ । आप्mनो जीवन आफैँ बदल्न सकिन्छ, महान विद्वान् र महामूर्ख कहिल्यै बदलिदैन, पहिलो गल्ती नसुधार्नेले दोस्रो गल्ती गरेकै हुन्छ, तयारी पूर्वक नगरेको कार्यले सफलता पाउँदैन, ढल्नु महानता होइन कि लडेर उठ्नु महानता हो, अरुको आलोचना होइन प्रशंसा गर्नसक्नु पर्छ आदि उनका दार्शनिक मान्यताहरु रहेछन् । तसर्थ कन्फुसियसलाई चीनको सांस्कृतिक धरोहर र सामाजिक अभियन्ता मानिदो रहेछ ।
चीनलाई विश्वमै समृद्ध मुलुक बनाउनमा त्यहाँको राजनीतिक विचार र नेतृत्वको अहम भूमिका रहेको छ । पुरानो संरचनाको राज्य व्यवस्थालाई नयाँ चिनियाँ संरचनामा बदल्न मोओ त्सेतुङ्को अहम भूमिका देखियो । आज पनि चीनमा राजजीतिक आस्थाको धरोहर र राष्ट्रनायकका रुपमा उनै मोओ त्सेतुङ्लाई मानिदो रहेछ । हरेक सरकारी कार्यालयहरुमा माओको तस्विरसहित उनलाई सर्वोच्च कमाण्डर वा राष्ट्रनायकको उपाधिले सम्बोधन गरिदो रहेछ । माओको “महाछलाङ”, “सर्वहारा सांस्कृतिक क्रान्ति”, “समाजवादी वितरण” जस्ता कार्यक्रमले चिनियाँ जनतामा आधारभूत रोजगारी, आवास र स्वास्थ्यमा आम जनताको पहुँच स्थापित गर्यो भन्ने बुझाइ रहेको छ । तर समग्र राष्ट्रिय उत्पादनमा भने उनको शासनकालमा अपेक्षकृत सफलता हात लागेन ।
देङ सिआओ पिङको सरकारले “सुधार र खुलापन” को कार्यक्रमसहित चिनियाँ चरित्रको समाजवादी बजार अर्थव्यवस्था कार्यक्रमलाई अगाडि सार्यो । यो कार्यक्रमले पनि मात्रात्मक सुधार भए पनि गुणात्मक परिवर्तन ल्याउन सकेन । औषत आर्थिक वृद्धिदर असाधरण रुपले बढ्दै गयो तर गरिबीको संख्या घट्न सकेन । बरु वातावरणीय प्रदूषण लगायत गाउँ र सहर, धनी र गरिबबीचको खाडल बढ्दै गयो । हु जिन्ताओ नेतृत्वको सरकारले पनि विकासमा वैज्ञानिक दृष्टिकोणलाई अघि त सा¥यो । अपेक्षित परिणाम हासिल गर्नसकेन ।
चिनियाँ सभ्यताको इतिहासमा माओ विचारलाई सफलतापूर्वक कार्यान्वयन गर्नमा सी जिनपिङको नेतृत्वले अहम् भूमिका खेलेको पाइयो । आज पनि सीको नीति र नेतृत्वले संसारलाई नयाँ मार्गदर्शन गराइ रहेको छ । “दुई शताब्दी लक्ष्यहरु” र “बिआरआई परियोजना” सी विचारधाराका नयाँ आकर्षण हुन् । यीमध्ये सी विचारधाराको “पहिलो शताब्दी लक्ष्य” अन्तर्गत चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष (सन् २०२१) सम्ममा पार्टीभित्रका अन्तरविरोधहरुको समाधान, गरिबी निवारण, दिगो विकास, प्रदूषण नियन्त्रण लगायत आर्थिक, राजनीतिक, सांस्कृति, सामाजिक तथा पर्यावरणीय क्षेत्रको विकासलाई विशेष महत्त्व दिइएको रहेछ । यी लक्ष्यहरु कार्यान्वयनमा आइसकेका पनि छन् ।
![](https://dinthapa.com.np/wp-content/uploads/2024/03/IMG-20240120-WA0014-576x1024.jpg)
![](https://dinthapa.com.np/wp-content/uploads/2024/03/IMG-20240120-WA0022-576x1024.jpg)
![](https://dinthapa.com.np/wp-content/uploads/2024/03/IMG-20240120-WA0017-1-576x1024.jpg)
सी विचारधाराको “दोस्रो शताब्दी लक्ष्य” अन्तर्गत नयाँ चीन स्थापनाको सय वर्ष (सन् २०४९) सम्ममा चीनको समाजवादी विचारधारालाई आधारभूत रुपमा आधुनिकीकरण गरी कार्यान्वयनमा ल्याउने लक्ष्य रहेको छ । यसअन्तर्गत गाउँसहर र प्रदेशहरुबीच रहेको असमानताहरु अन्त्य गर्ने, सुशासनलाई सुदृढ बनाउने तथा विकसित समाजवादी राष्ट्र बनाउने लक्ष्य रहेको बताइन्छ । सी आफैँमा मार्क्सवादी दर्शनलाई राज्य सञ्चालनको वैज्ञानिक आधार मान्छन् । मार्क्सवादकै आधारमा सीको शैक्षिक दर्शन तयार भएको रहेछ । यद्यपि उनको नीति, नेतृत्वा, उत्पादन र वितरण प्रणालीमा आफ्नै मौलिकपन देखिन्छ ।
सी जिनपिङ् पश्चिमी शक्तिकेन्द्रको विकल्पमा ब्रिक्स (ब्राजिल, भारत, रुस, चीन र दक्षिण अफ्रिका) लाई केन्द्रमा राखेर नयाँ उदीयमान शक्ति राष्ट्रको सङ्गठनलाई अझै सशक्त बनाउन चाहन्छन् । उनी आफ्नो र छिमेकी मुलुकको शान्तिसुरक्षामा कतैबाट अवरोध नहोस् भन्ने मान्यता राख्छन् । उनी भ्रष्टाचारको उन्मूलन, अनुशासनको परिपालना, सबैको जीत, विश्वमा शान्ति र पारस्परिक विश्वास चाहन्छन् । चिनियाँ नागरिकको नेतृत्वप्रति पूर्ण विश्वास र राज्यप्रति भरोसा भएको देखिन्छ । तसर्थ सीको नीति र नेतृत्वलाई चिनियाँहरुले निक्कै रुचाएको बुझिन्छ ।
सी जिनपिङले इतिहासमै महत्वाकांक्षी अन्तराष्ट्रिय बिआरआर्ई परियोजना अगाडि सारेका छन् । यसलाई दुई हजार वर्ष पुरानो रेशम मार्गको नयाँ संस्करण पनि भनिदो रहेछ । यो परियोजना सफल भएमा एसिया, अफ्रिका, युरोप र ओसिनियाका गरी करिब ७० राष्ट्र र विश्वका ६२ प्रतिशत मानिसहरुलाई यसले प्रत्यक्ष प्रभाव पार्ने परिकल्पना गरिएको रहेछ । यो परियोजनाका मुख्य उद्देश्यहरुमा सम्बन्धित राष्ट्रहरुबीच आपसी सहकार्य, समन्वय, साझा र दिगो विकास, बजारीकरण, सम्पर्क सञ्जाल विस्तार, लगानी प्रवर्द्धन, उत्पादन र उपभोगमा प्रोत्साहन, रोजगारी सिर्जना, सांस्कृतिक सम्बन्ध विस्तार, शान्ति र समृद्धि, आपसी समझदारी लगायतका बहुआयामिक सम्बन्ध विस्तारका योजनाहरु रहेको बताइन्छ ।
![](https://dinthapa.com.np/wp-content/uploads/2024/03/IMG-20240308-WA0031-1-576x1024.jpg)
![](https://dinthapa.com.np/wp-content/uploads/2024/03/IMG-20240120-WA0012-1-576x1024.jpg)
![](https://dinthapa.com.np/wp-content/uploads/2024/03/IMG-20240120-WA0032-768x1024.jpg)
बिआरआई आफैँमा महत्वकांक्षी परियोजना मानिन्छ । यदि यो परियोजना सफल भएमा सम्बद्ध मुलुकहरुबीचको नीतिगत समन्वय, वित्तीय समायोजन, अवरोधविहीन व्यापार, पूर्वाधारको विकास र पश्चिमा अनियन्त्रित वित्तीय पुँजीको शोषण तथा एकाधिकारवादको नियन्त्रण हुने अपेक्षा गरिएको छ । यो परियोजनामा चिनियाँ समाजवादी अर्थराजनीति र विश्वव्यापी अर्थराजनीतिक सम्बन्धको विषयमा कुटनीतिक व्याख्या गरिएको छ । यसमा पुँजीवादी वित्तीय शोषणमा आधारित विश्वव्यवस्थाको विकल्पमा प्रगतिशील नयाँ विश्वव्यवस्थाको परिकल्पना गरिएको छ । यस अर्थमा कम्युनिष्ट र गैरकम्युनिष्ट समाजवादी मुलुकहरुका लागि चीन नयाँ समन्वयवादी मार्गदर्शक सिद्धान्त प्रतिपादनतर्फ लम्केको प्रतीत हुन्छ । यो परियोजनालाई चीन विश्वबजारसँग आफ्नो आर्थिक, सामाजिक, सांस्कृतिक, कुटनीतिक र राजनीतिक सम्बन्ध सुधारको अस्त्र बनाउन चाहन्छ ।
चीनले नेपालजस्ता विकाशोन्मुख देशहरु विकासको उत्कर्षमा पुगुन् भन्ने चाहन्छ । ऊ नेपालसँगको दौत्य सम्बन्ध निरन्तर रुपमा नयाँ उचाइमा पुगोस् भन्ने पनि चाहदो रहेछ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मुलुकमा चीन नै पहलो स्थानमा पर्दो रहेछ । बिआरआई परियोजनामार्फत पनि चीनले नेपालमा आवश्यक पूर्वाधार निर्माण, उर्जाको विकास र गरिबी निवारणमा सहयोग गर्न चाहन्छ । भूपरिवेष्ठित नेपाललाई भूजडित मुलुकका रुपमा विकसित गराई हवाइमार्ग र रेलमार्गको सञ्जाल विस्तार गर्न तथा चीनसँग जोडिएका नेपालका उत्तरी नाका (केरुङ, फुलान, हिल्सा, लीच्, लोमान्थाङ) हरु खोल्न चीन इच्छुक छ भन्ने सन्देश दिन ऊ चाहन्छ । चीन आफ्नो मात्र होइन बिआरआई परियोजनामार्फ आफ्ना छिमेकी मुलुकमा समेत पूर्वाधार विकासको रणनीतिलाई अगाडि सारेर आफ्नो आर्थिक सञ्जाल विस्तार गर्न चाहन्छ ।
चिनियाँ प्रगतिको कारक तत्त्व भनेकै नेतृत्व, कर्मचारी अनि नागरिकको काम गर्ने इच्छा शक्ति, अनुशासन र मिहिनेत नै हो रहेछ । चीनले ४० वर्ष यताको अवधिमा देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा चार गुणाले वृद्धि गरेको अनुभव त्यहाँका सचेत वर्गले बताउँछन् । कोभिडपछि पुँजीवादी मुलुकहरुमा आर्थिक वृद्धिदर घट्दोक्रममा र वित्तीय सङ्कट बढ्दो क्रममा भइरहेको बताइन्छ । चीनले भने “जनता र जीवन सर्वोपरि” भन्ने नाराका साथ आप्mना नागरिकहरुमा महामारीको न्यून प्रभाव गराएर पनि विश्वका विभिन्न देशलाई दुई अर्ब, २० करोडभन्दा बढी मात्रामा खोप र महामारी रोकथामका सामग्रीहरु सहयोग गरेको दावी उनीहरु गर्दा रहेछन् । यसबाट उनीहरुको आत्मनिर्भरता, धैर्यता, लगनशीलता र उदारताको पुष्टि हुन्छ ।
चीनका हरेक शैक्षिक संस्थाहरुमा व्यावहारिक शिक्षा दिइँदो रहेछ । विद्यालयको अवलोकन गर्ने क्रममा संयोगले न्यु ट्यालेन्ट स्कुलको कक्षा दुईमा पढ्दै गरेका विद्यार्थीको क्लास निरीक्षण गर्ने मौका पाइयो । शिक्षिकाले कक्षामा घरपालुवा जनावरका विषयमा पढाउँदै थिइन् । उनले विद्यार्थीलाई जनावरका विविध विशेषताहरु सुनाइन्, ती जनावरका थप विशेषताहरु विद्यार्थीलाई बताउन र पुस्तक पल्टाएर पढ्न लगाइन् । पढिसकेपछि तिनै विद्यार्थीहरुलाई मन मिल्ने साथीको समूह गराइ तिनै जनावरको चित्र कोर्न र मूर्ति बनाउन लगाइन् । विद्यार्थीहरु रमाउँदै आपूmलाई मन पर्ने जनावरका आकर्षक मूर्तिहरु निर्माण गरे । ती मूर्तिमा विद्यार्थीले आआफ्नो नाम र जनावरको नाम लेखेर आकर्षक फ्रेमसहित हामी आगन्तुक अतिथिका हातहातमा उपहार थमाइ दिए । त्यसैगरी हरेक तहका शैक्षिक संस्थाहरुमा सैद्धान्तिक आधारमा व्यवहार उपयोगी वस्तु उत्पादन गरिँदो रहेछ । व्यावहारिक शिक्षाको असल नमुना बेइजिङमा अवलोक गर्न पाइयो ।
चिनियाँहरु बेतुकको कुरामा गफिएको र बेरोजगार भएर टहलिएको कतै देखिएन । हरेक कुरामा आफ्नै मौलिक थिति बसिसकेको रहेछ । विहान उठ्ने, व्यायम गर्ने, खाना खाने, सवारी चढ्ने र औपचारिक समारोहहरु सुरु गर्ने आफ्नै पद्धति रहेछ । नेपाली संस्कारअनुसार तोकिएको समयमा नपुग्दा खानाको भान्सा उठिसकेको, समयभित्रै नपुग्दा बस छुटेको र तोकिएको समयमा नपुग्दा औपचारिक समारोहमा लज्जित हुनु परेका ताजा अनुभव गर्न पाइयो । यात्रा गर्दा रेल, बस, ट्याक्सी, मोटर साइकल, साइकल जस्ता सार्वजनिक सवारी साधनमा सर्वसाधारणको सहजै पहुँच हुनु र त्यसमा बिचौलियाको कुनै भूमिका नहुनु हाम्रालागि अनौठाका विषय हुन् । क्रेडिट कार्डमार्फत हरेक सुविधा उपयोग गर्न पाइने, अनलाइन व्यापार सुविधा र बिचौलियाबाट ठगिनु नपर्ने व्यवस्था पनि हाम्रालागि नयाँ विषय हुन् ।
औपचारिक समारोहहरुमा पूर्वनिर्धारित कार्यतालिका अनुसार नै अतिथिहरुको आसन निर्धारण, दोभासेको सहयोगमा कार्यक्रम सञ्चालन अनि आयोजक प्रमुखले सभापतित्व ग्रहण गर्दै आयोजित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्ने र अतिथिका तर्फबाट कुनै एक जनाले लिखित कार्यपत्र वाचन गर्ने परम्परा नौलो लाग्यो । यसले समयको महत्त्व, औपचारिकता र कार्यक्रमको औचित्यलाई पुष्टि गर्दो रहेछ । औपचारिक समारोहमा आयोजक, अतिथि र दर्शकदीर्घा छुट्याएर तथ्यविहीन भाषण गर्ने चलन त्यहाँ देखिएन ।
अवलोकन भ्रमणकै क्रममा महान पर्खाल, स्वर्गको मन्दिर, सांस्कृतिक संग्राहलय र ऐतिहासिक दरबारहरुमा पुगेर त्यहाँको पारदर्शी प्रवेश शुल्क, स्वस्थ वातावरण र आकर्षक सजावट देख्दा मनै लोभिदो रहेछ । हाम्रा थान, मन्दिर, गुम्बा र ऐतिहासिक कोटघरहरुमा पनि त्यसैगरी संरक्षण, प्रवेश शुल्क निर्धारण तथा प्रकृति मैत्री वातावरण जोगाउन सकेको भए आज नेपाल विप्रेषणमा निर्भर र नेपाली विदेशमा भौतारिनु पर्ने थिएन होला । नेपालीहरुले पनि विदेशमा मज्दुर, कुल्ली, कुक, चौकीदार र सिपाहीको बिल्ला भिर्नु पर्दैनथ्यो होला ।
चीन हरेक उत्पादनमा आत्मनिर्भर छ । आप्mनो उत्पादित वस्तुमा मुनाफा खानु र उत्पादित वस्तुलाई निर्यात गर्नु उनीहरुको धर्म हो । हामीले पनि हाम्रा परम्परित उद्योग, कलकारखाना र रैथाने सिपको संरक्षण गर्दै आत्मनिर्भर हुनुपर्छ र उत्पादित वस्तु निर्यात गर्नुपर्छ भन्ने संस्कारको विकास गरेको भए आज यसरी रहेक कुरामा परनिर्भर पर्नु पर्दैन्थ्यो होला । चिनियाँहरु आप्mनो भाषा र संस्कृतिको संरक्षण, प्रविधिको विकास, विचार प्रतिपादन र वस्तु उत्पादन तथा निर्यातमा निपूर्ण छन् । तसर्थ चीनको प्रगतिपथलाई हामी पछ्याउनु पर्छ ।
मेरो अनुभवमा नेपाल आत्मनिर्भर बन्न चिनियाँ प्रगतिपथको सिर्जनात्मक सिको गर्नै पर्छ । एउटा सार्वभौम मुलुकले आफ्नो भाषा, शिक्षा, संस्कृति, पर्यटन, नीति र नेतृत्वप्रतिको भरोसा गर्नुको विकल्प हुँदैन । विदेशी अन्धानुकरण, अनुदान, विप्रेषण र निर्देशनमा राष्ट्र कहिल्यै बन्दैन । नेपालमा पनि सुशासन र समृद्धिका लागि चीनमा जस्तै सक्षम नेतृत्वको चयन, फलामे अनुशासनको परिपालना, समयको सदुपयोग, स्वास्थ्य र शिक्षाको सहजता, राज्य नियन्त्रित बजार व्यवस्था, रोजगारीको सुनिश्चितता, मौलिक संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धन गर्नुको अर्को विकल्प छैन ।
नेपाल जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्तिमा स्वावलम्बी छ, केवल कुशल व्यवस्थापनको खाँचो हो । नेपालको विकास नेपालीहरुबाटै सम्भव छ । विद्यमान कुसंस्कार र कुप्रथालाई थाती राखेरै भए पनि अब नेपाली जनजनको मनमा सहअस्तित्व, साधा जीवन र उच्च विचारको भावना जगाउनु पर्छ । स्वतन्त्रताका नाममा भाँडभैलो, विप्रेषणका नाममा देश रित्तो र बिचौलियाका भरमा देश चलाउने होइन । कर्ममा विश्वास, समान उत्तरदायित्व, सीमित औपचारिकता, माटोको माया र नेतृत्वप्रतिको भरोसा हुनै पर्दछ । पेसागत, जातीय, लैङ्गिक र वर्गीय समानता आजको आवश्यकता भन्ने सुसंस्कृतिको विकास गर्नु पर्दछ । नयाँ पुस्ताका लागि फतुरा सुनाइ र गफाडी बोलाइभन्दा पनि ज्ञानवद्र्धक पढाइ र सिर्जनात्मक लेखाइमा आधारित प्रायोगिक प्रविधि मैत्री स्वदेश प्रेमी शिक्षा आजको आवश्यकता हो भन्ने जनचेतना फैलाउन आवश्यक छ ।
![No photo description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t39.30808-6/401459556_6575312982566761_6739865385942758874_n.jpg?_nc_cat=108&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=KIbN0MWG0BAAX_QjKbm&_nc_ht=scontent.fktm1-1.fna&oh=00_AfADkVPLS1O9bHHILtUg6LbJcJUlgLR5wNUMx4mclJwYbQ&oe=65F0A21C)
![No photo description available.](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t39.30808-6/401430577_6587290448035681_965712952420082383_n.jpg?_nc_cat=102&ccb=1-7&_nc_sid=5f2048&_nc_ohc=tkbmeRHmkncAX8AFV86&_nc_ht=scontent.fktm1-1.fna&oh=00_AfDL5mzhbiMSUzyCKvKcFUFbdNi4EbvbpfB4sJZ46wn9xg&oe=65EFD1DD)
![](https://dinthapa.com.np/wp-content/uploads/2024/03/IMG-20240308-WA00191-576x1024.jpg)