Blog

चिनियाँ प्रगतिपथको दिशा

चिनियाँ प्रगतिपथको दिशा चीनको मुख्य सहर बेइजिङले संसारको ध्यानाकर्षण गरिरहेको छ । चिनियाँ आकर्षणका विषयहरु के रहेछन् भनी बेइजिङको स्थलगत अवलोकन भ्रमण गर्दै गर्दा प्राप्त भएका केही अनुभूतिहरुलाई यहाँ समेट्ने प्रयास गरिएको छ । लेखकीय अनुभवमा बेइजिङका आकर्षणहरु भनेकै भाषा, संस्कृति, पर्यटन, शिक्षा, नीति र नेतृत्व हुन् भन्ने लाग्यो । यही पृष्ठाधारमा बेइजिङको रुपरेखा भेटियो […]

आफ्नै जीवनसङ्घर्षका कथा

विगत २१ वर्ष यता प्राध्यापक सङ्घको पहिलो काम भनेकै वार्षिक रुपमा ‘प्रज्ञा सारथि’ प्रकाशन गर्ने हो । प्राध्यापक सङ्घ, प्रज्ञा सारथि र मेरो आफ्नै सम्बन्ध छ । विगतका सभापतिले जस्तै नवनिर्वाचित सभापतिको फोन आयो “गुरु सारथिलाई लेख चाहियो, तुरुन्त तयारी गरिदिनु प¥यो” । तर लेख तयार गर्न सजिलो छैन । विगतमा बढुवा प्रयोजनका लागि भए […]

जेन जीलाई चिठी

जेन जीलाई चिठी प्रिय जेन जी, हार्दिक बधाई ! शुभकामना र दिवङ्गत सहिदप्रति श्रद्धाञ्जलि ! ! भाद्र २३ र २४ को दुर्घटनाले मेरो मुटु छियाछिया भयो, हृदय भतभती पोल्यो । ती निरपराध १९ किशोरकिशोरीको कन्चेटमा लागेको गोली र सिंह दरबारमा दनदनी बोलेको आगो देखेर कसको पो मुटु छियाछिया भएन होला ? हृदय भतभती पोलेन होला […]

धौलागिरीमा उच्च शिक्षा : सम्भावना र चुनौती

धौलागिरीमा उच्च शिक्षा : सम्भावना र चुनौती त्रिभुवन विश्वविद्यालय, धवलागिरि बहुमुखी क्याम्पस, बागलुङको ६३ औँ स्थापना दिवसका उपलक्ष्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अवधारणा पत्र (भाद्र २, २०८२) प्रा.डा. दिनबहादुर थापा “If your plan is for one year plant rice. If your plan is for ten years plant trees. If your plan is for one hundred […]

नेपालमा बोलिने भाषापरिवार र विभिन्न मातृभाषाहरु

प्रा.डा. दिनबहादुर थापा संसारमा आठ अरबभन्दा बढी मानिसहरुले छ हजारभन्दा बढी भाषाहरु बोल्दछन् । यी सबै भाषाहरुको पारिवारिक पृष्ठभूमि थाहा नभए पनि तुलनात्मक भाषाविज्ञानले यी भाषाहरुको पारिवारिक विशेषताहरु निर्धारण गरिसकेको छ । विश्वमा बोलिने यी भाषालाई मोटामोटी दश भाषापरिवारमा वर्गीकरण गरेर अध्ययन गर्नसकिन्छ । यी दश भाषापरिवारहरुमा १. भारोपेली, २. भोटचिनियाँ, ३. द्रबिड, ४. युराल […]

बगाले थापाको कुल र कुल्यानथान

प्रा.डा. दिनबहादुर थापा आलेख सारसैनिकको लस्कर वा बथानमा बसी नयाँ राज्यको स्थापना गर्ने वीर लडाकू जात विशेषलाई बगाले थापा भनिन्छ । आत्रेय गोत्री बगाले थापाका मूल पुरुष कालु थापा हुन् । उनी शाक संवत् ११११ (वि.सं. १२४६) तिर डोटीमा राजा भएका थिए । उनै कालु थापाका जेठा छोरा पुन्याकरले पुलामा, माहिला तारापतिले ताकम, साहिँला विरु […]

नेपालको राजनीति र वैदेशिक रोजगार

नेपालको तथ्यपरक राजनीतिक इतिहासको खोजी गर्दै जाँदा १२ औँ शताब्दीसम्म पुग्न सकिन्छ । प्राचीन समयमा नेपाल विशाल भूभागमा फैलिएको राज्य थियो । यही राज्य लिच्छिवी वंशको शासनकालपछि विक्रमको बाह्रौँ शताब्दीको पूर्वाद्र्धमा टुक्रिएर ‘खस राज्य’, ‘सिम्रौनगढ’ र ‘नेपाल मण्डल’ गरी तीन राज्यमा विभाजन भयो । नेपालको पश्चिमी कर्णाली क्षेत्रमा नागराजले ‘खस राज्य’, दक्षिण पूर्वमा नान्यदेवले ‘सिमरौनगढ’ […]

शिक्षा मन्त्रीलाई अवसरै अवसरको चाङ

विकासको पूर्वाधार शिक्षा हो । शिक्षा व्यावहारिक, रोजगारीमूलक, प्रविधियुक्त र जीवन उपयोगी हुनुपर्छ भन्ने विषयमा कसैको विमति छैन । शिक्षा समृद्धिको आधार हो भनिरहन पर्दैन । व्यक्तिको व्यक्तित्वको विकास, समाजको रुपान्तरण र राष्ट्रको समग्र विकासमा शिक्षाको भूमिकाका विषयमा पनि कुनै भूमिका बाँधिरहन परेन । शिक्षा बुझेको व्यक्तिलाई शिक्षा आफैमा अवसरै अवसरको चाङ हो । नेपालको […]

गलकोटको संक्षिप्त चिनारी

गलकोटको संक्षिप्त चिनारी नेपालभित्रको नेपाल भनेर चिनिने जिल्लाको नाम हो बागलुङ । बागलुङको पनि मौलिक इतिहास, धेरै विप्रेषण, झोलुङ्गे पुल, बुट्टे नली, दारको ठेकी, स्लेट खानी र मध्य पहाडी राजमार्गको पूरै सुविधा उपयोग गर्ने स्थानीय तहको नाम गलकोट हो । कुनै समयमा गलकोट ऐतिहासिक राज्यका नामले पनि चिनिन्थ्यो । गलकोटलाई चिनाउने अन्य पहिचानहरु पनि छन् […]

सरुभक्त : चुली उपन्यास

१. उपन्यासकारको परिचयनामः भक्त श्रेष्ठजन्मः वि.सं. २०१३ पोखरा, कास्कीकृतिहरुःएकाङ्कीः असिना पग्लन्छ (२०३०)नाटकः युद्ध उही ग्यास च्याम्बरभित्र (२०३७), इतिहासभित्रको इतिहास (२०४१), इथर (२०४३), गाउँघरका नाटकहरु (२०५०), मलामीहरु (२०५३), असमय अमौसम (२०५४), निमावीय (२०५५), सरुमारानी (२०६१), शरणार्थीहरु (२०६३) लगायत एक दर्जनभन्दा बढी ।उपन्यासः पागल बस्ती (२०५३), तरुनी खेती (२०५३), समय त्रासदी (२०५८), चुली (२०६०)।कविता संग्रहः बोक्सीको आह्वान […]

Scroll to top