सरुभक्तको परिचय र औपन्यासिक प्रवृत्ति

सरुभक्त : चुली उपन्यास

सरुभक्त

उपन्यासकारको परिचय
नामः भक्त श्रेष्ठ
जन्मः वि.सं. २०१३ पोखरा, कास्की
कृतिहरुः
एकाङ्कीः असिना पग्लन्छ (२०३०)
नाटकः युद्धः उही ग्यास च्याम्बरभित्र (२०३७), इतिहासभित्रको इतिहास (२०४१), इथर (२०४३), गाउँघरका नाटकहरु (२०५०), मलामीहरु (२०५३), असमय अमौसम (२०५४), निमावीय (२०५५), सरुमारानी (२०६१), शरणार्थीहरु (२०६३) लगायत एक दर्जनभन्दा बढी ।
उपन्यासः पागल बस्ती (२०५३), तरुनी खेती (२०५३), समय त्रासदी (२०५८), चुली (२०६०) ।
कविता संग्रहः बोक्सीको आह्वान र घोषणा पत्र (२०४०), कविता, प्रेमी र पागल (खण्डकाव्य, २०५०) एक दर्जनभन्दा बढी ।
कथा संग्रहः एउटा अभिनवको आत्मकथा (२०४४), छोरी ब्रह्माण्ड (२०४७), यामागल (२०५४), पदार्थहरुको गीत (२०६३) आदि ।
बालसाहित्यः अँध्यारो कोठा (२०६०), अन्नपूर्ण पिथेकस (२०६७) ।
सम्मान तथा पुरस्कार : साढे दुई दर्जनभन्दा बढी सम्मान, पुरस्कार र पदकहरु प्राप्त ।

औपन्यासिक प्रवृत्तिः
 अस्तित्ववादी र विसंगतिवादी जीवन भोगाइका अनुभूतिहरु पाइनु,
 जीवनका अनेक सङ्घर्ष र कठिनाइको चित्रण गर्नु,
 मानवताको चिन्तन र खोजी गर्नु,
 प्रेमको अमरता, जीवनको सुन्दरता र सङ्घर्षशील जीवनको कलात्मक प्रस्तुती पाइनु,
 एक युगमा एक दुई जनाले मात्र मानवताको चुली चढ्ने अवसर पाउँछ भन्ने जीवन दर्शन,
 पर्यावरणीय क्षेत्र र हिमाली परिवेशको सफल चित्रण गर्नु,
 मानवीय नैतिकतामा आएको ह्रासप्रति चिन्ता प्रकट गर्नु,
 जटिल भाषाशैली र अमूर्त पात्रको प्रयोग गर्नु,
 बौद्धिकताको प्रदर्शन गर्नु,
 काव्यात्मक भाषाको प्रयोग गर्नु,
 नारी अस्मिताको पक्षमा वकालत गर्नु,
 झिनो वा सूक्ष्म कथानकको प्रयोग गर्नु,
 विश्वशान्ति र विश्वमानवताको पक्षमा वकालत गर्नु,
 उद्देश्यमूलक र सार्थक जीवनका पक्षमा बहस गर्नु ।

प्रश्नः
१. चुली उपन्यासको आस्वाद्यय वा कथ्य विषयको चर्चा गर्नुहोस् ?
२. चुली उपन्यासका पात्रहरुको कार्य वा चरित्र चित्रण गर्नुहोस् ?
३.चुली उपन्यासको मुख्य भाव वा सन्देश के हो ?
४. चुली उपन्यासको परिवेशको चित्रण गर्नुहोस् ?
५. चुली उपन्यासको शीर्षकको सन्दर्भ, प्रतीकात्मक अर्थ र सार्थकता के कस्तो छ ? प्रतिक्रिया दिनुहोस् ?

सरुभक्तको परिचय र औपन्यासिक प्रवृत्ति

Leave a Reply

Your email address will not be published.

Scroll to top