धौलागिरीमा उच्च शिक्षा: सम्भावना र चुनौती

धौलागिरीमा उच्च शिक्षा: सम्भावना र चुनौती

त्रिभुवन विश्वविद्यालय, धवलागिरि बहुमुखी क्याम्पस, बागलुङको ६३ औँ स्थापना दिवसका उपलक्ष्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अवधारणा पत्र (भाद्र २, २०८२)

प्रा.डा. दिनबहादुर थापा

If your plan is for one year plant rice.

If your plan is for ten years plant trees.

If your plan is for one hundred year educate children.

– Confucius

 (अल्पकालका लागि कृषि, मध्यकालका लागि वन र दीर्घकालका लागि शिक्षा)

अवधारणा पत्रको सार

       नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क प्रदान गर्ने र उच्च शिक्षालाई समान पहुँच, समावेशी अवसर र गुणस्तरको सुनिश्चिततासँग जोडेको छ । उच्च शिक्षाको मूल उद्देश्य वैयक्तिक क्षमताको विकास, राष्ट्रिय आवश्यकताको परिपूर्ति, अनुसन्धान, आविष्कार र नवप्रवर्तन, सांस्कृतिक पहिचानको संरक्षण, सहकार्य संस्कारको विकास र विश्वबजारसँग प्रतिस्पर्धा गर्नसक्ने सामथ्र्यवान जनशक्ति उत्पादन गर्नु हो । तर संविधान प्रदत्त अधिकार र विद्यमान शैक्षिक गुणस्तरका बीच सङ्गति भेटिदैन । धौलागिरी क्षेत्रमा उच्च शिक्षाको शैक्षिक गुणस्तर, सम्भावना र चुनौतीका विषयमा बहस र छलफल चलाउने उद्देश्यले यो अवधारणा पत्र तयार गरिएको हो । यस अवधारणा पत्रमा शैक्षिक गुणस्तर परीक्षणका केही सैद्धान्तिक पक्ष, धवलागिरि बहुमुखी क्याम्पसका शैक्षिक मुद्दा, विद्यालय शिक्षाको अवस्था र आप्mना व्यावहारिक अनुभवलाई छलफलको मूल आधार बनाइएको छ । यसमा शैक्षिक लगानी, व्यवस्थापन, उपलब्धि र विद्यार्थीको सेवालाई गुणस्तर मापनका आधार मानिएको छ । उच्च शिक्षामा गुणस्तर बढाउन लगानी र व्यवस्थापनमा व्यापक सुधार गर्नुपर्ने देखिन्छ । यस अवधारणा पत्रमा विद्यालय तहको शैक्षिक गुणस्तर, वैदेशिक रोजगारी, सामाजिक परिवेश र राज्यको शिक्षानीतिले उच्च शिक्षाको गुणस्तर प्रवर्धनमा प्रभाव पारेको निष्कर्ष निकालिएको छ । यो अवधारणा पत्रमा गरिएको छलफलले यस क्षेत्रको शैक्षिक अवस्थाको जानकारी प्राप्त गर्नुका साथै कार्यान्वयन र नीतिनिर्माण तहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पृष्ठभूमि

धवलागिरि बहुमुखी क्याम्पसको स्थापनाको विधिवत् उद्घाटन वि.सं. २०१९ जेठ एक गते भएको र पठनपाठनको औपचारिक कक्षा सोही वर्ष भाद्र दुई गते शनिवारका दिनदेखि स्थानीय विद्यामन्दिर हाइस्कुलबाट रात्रि कक्षा सञ्चालन गर्ने गरी सुरु भएको देखिन्छ । समुदायको पहलमा सञ्चालित यस क्याम्पसलाई वि.सं. २०३० मा त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमा परिणत गरियो । सोही क्याम्पसले आज ६३ औँ स्थापना तथा पढाइ शुभारम्भ दिवस मनाउन गइरहेको छ । मानविकी तथा सामाजिक शास्त्र र कानुन सङ्कायका सीमित कार्यक्रमहरु मात्रै सञ्चालन गर्दै आएको यस क्याम्पसले समुदायको आवश्यकता अनुसारका विविध विषय र कार्यक्रमहरु थप गर्दै आयो । आज यस क्याम्पसले मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विविध विषयहरु पठनपाठन गराउँदै आएको छ । 

धवलागिरि क्याम्पसबाट उत्पादित जनशक्तिलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी गराउन र समायानुकूल शैक्षिक गुणस्तर कायम गर्न स्वायत्ततासँगै गुुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्रमाण पत्र प्राप्तिको प्रक्रिया थालनी गरियो । यसै सिलसिलामा यस क्याम्पसले २०७८ भाद्र १७ को मितिमा स्वायत्तता प्राप्त ग¥यो भने २०८१ असार १२ को मितिमा गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्रमाण पत्र प्राप्त गर्न सफल भयो । यसै सिलसिलामा क्याम्पसको ६३ औँ स्थापना दिवसको पावन अवसरमा आजको यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

स्थापनाकालको “धौलागिरी महेन्द्र इन्टर कलेज” (२०१९) समयक्रमसँगै “महेन्द्र इन्टर कलेज” (२०२५), “महेन्द्र क्याम्पस” (२०३०), “महेन्द्र बहुमुखी क्याम्पस” (२०४३) र “धवलागिरि बहुमुखी क्याम्पस” (२०६७) को नामबाट सञ्चालन हुँदै आएको छ । बडाहाकिम शिवबहादुर थापा (२०१८) को पहलमा “विद्यामन्दिर व्यवसायिक माध्यमिक विद्यालय” मै रात्रि कक्षा सञ्चालन गर्ने उद्देश्यबाट मानविकी सङ्काय, प्रमाणपत्र तहका केही विषय पठनपाठन गर्न सुरु गरिएको यस क्याम्पसले स्थानीय आवश्यकतालाई ध्यानमा राखी मानविकी स्नातक तह (२०३५), कानुन सङ्कायको प्रमाण पत्र तह (२०४३—२०५१), शिक्षाशास्त्र स्नातक तह (२०५३), समाजशास्त्र÷ मानवशास्त्र स्नातकोत्तर तह (२०५९), एक बर्से बि.एड. (२०६०), स्नातकोत्तर तह नेपाली (२०६१), स्नातकोत्तर नेपाली शिक्षा र पाठ्यक्रम तथा मूल्याङ्कन (२०६६), स्नातकोत्तर एमबिएस र स्नातक तहको बिएस्सी (२०६८) तथा बिबिए (२०७५) गरी थुप्रै कार्यक्रमहरु एकपछि अर्को गर्दै सञ्चालनमा आएका हुन् । यसै सिलसिलामा BICTE कार्यक्रम यसै शैक्षिक सत्रबाट प्रारम्भ गर्ने योजनामा रहेको छ । कार्यक्रमहरु थपिएसँग शैक्षिक जनशक्ति व्यवस्थापन र भौतिक पूर्वाधारका आवश्यकताहरु पनि थपिँदै आएका छन् । अन्य BSc CSIT, BCA, BTTM, BTTM, BALLB लगायतका शैक्षिक कार्यक्रमहरु थप गर्ने लक्ष्य क्याम्पसको रणनीतिक योजनामा रहेको छ ।

गुणस्तरीय शिक्षा

        सर्वगुणले सम्पन्न शिक्षा गुणस्तरीय शिक्षा हो । गुणस्तरीय शिक्षामा  शिक्षक, विद्यार्थी र अभिभावकको समन्वयबाट व्यक्ति, समाज र राष्ट्रको आवश्यकता परिपूर्ति गर्नसक्ने सक्षमताको विकास भएको हुन्छ । गुणस्तरीय शिक्षा व्यक्ति, समाज र राष्ट्रको आवश्यकतामा निर्भर रहन्छ । यसको मापनका आधार समाजको आवश्यकता, सिकारुको रुचि र क्षमता, सिकाइको वातावरण, पाठ्यक्रम र पाठ्यवस्तु, शिक्षाको माध्यम, शिक्षण प्रक्रिया, राज्यको नीति र उत्पादन प्रणालीमा निर्भर हुन्छ । गुणस्तरीय शिक्षा युग, भूगोल र विषय सापेक्ष हुन्छ । आजको सूचना र प्रविधिको युगमा घरमै बसेर वा विद्यालयमा पुगी प्रविधि, सिप र ज्ञानको सघन उपयोग गर्नसक्ने सक्षमता आर्जन गर्नु नै गुणस्तरीय शिक्षा हो । शिक्षामा गुणस्तरको सुनिश्चिततालाई नेपालको संविधानले पनि प्रत्याभूति गरेको छ । निष्कर्षमा भन्दा लगानी र व्यवस्थापनको प्रतिफलका आधारमा प्राप्त उपलब्धि नै गुणस्तरीय शिक्षा हो । गुणस्तरीय शिक्षाले शिक्षार्थीको ज्ञान, सिप, धारणा, दुष्टिकोण र व्यक्तित्व विकासमा सहयोग गरेको हुन्छ ।

गुणस्तरीय शिक्षा मापन वा परीक्षणका आधारहरु

        शिक्षा गुणस्तरीय, वैज्ञानिक र व्यवहारिक हुनु पर्दछ भन्ने विषयमा सबैको एउटै मत देखिन्छ । तर गुणस्तर मापनका आधारहरु भने कतै पनि एकै प्रकृतिका देखिदैनन् । युनेस्को (UNESCO, १९९६) ले ज्ञान आर्जन, सिप निर्माण, सहकार्यको संस्कार र व्यक्तित्व विकासलाई गुणस्तरीय शिक्षाको आधार मानेको छ । संयुक्त राज्य अमेरिकाको GDE (Georgia Department of Education, 2016) ले विद्यालयको कार्यसम्पादन परीक्षणका मूल आधार पाठ्यक्रम, मूल्याङ्कन, शिक्षण, पेसागत सिकाइ, नेतृत्व, योजना र सङ्गठन, समुदायको संलग्नता, विद्यालय संस्कृति र अतिरिक्त क्रियाकलापलाई आधार बनाएको छ । यसले लगानी र उपलब्धिलाई भन्दा पनि व्यवस्थापन पक्षलाई बढी जोड दिएको देखिन्छ ।

        चिनियाँ शी जिनपिङको शिक्षा दर्शनले माक्र्सवादी दिशानिर्देश, श्रमशिक्षा (३२ घण्टा शारीरिक श्रमसेवा), शिक्षक नैतिकता (बडागुरु), व्यवसायिक क्षमता, व्यक्तित्व विकास, सामुहिक नेतृत्व, राष्ट्रिय पुनरुत्थान र नैतिक मूल्यलाई गुणस्तरीय शिक्षा मापनको आधार मानेको छ ।

        नेपालको शैक्षिक गुणस्तर मापन केन्द्र (२०७३) ले लगानी, प्रक्रिया, उपलब्धि र विद्यार्थी सङ्ख्यालाई जोड दिएको देखिन्छ । यसले विविध विषयवस्तुलाई समावेश गरी समग्रमा लगानी (भौतिक संरचना, मानवसंसाधन र समुदायको सहभागितालाई २५∞, प्रक्रिया (कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेसागत विकास, व्यवस्थापन क्षमता र अतिरिक्त क्रियाकलापलाई ३०∞, उपलब्धि (पठनपाठनमा नियमितता, सिकाइ उपलब्धि, सेवाग्राहीको सन्तुष्टि र शिक्षकको पेसागत सन्तुष्टिलाई ४०∞ र विद्यार्थी सङ्ख्याको सेवा (पढ्ने विद्यार्थी सङ्ख्या ५∞ लाई अङ्कभार तोकेर विद्यालयको शैक्षिक गुणस्तर मापन र परीक्षण गर्दै आएको छ । यसले सेवाग्राही र पेसागत सन्तुष्टिलाई विशेष महत्व दिएको देखिन्छ ।

विश्वविद्यालय अनुदान आयोग (UGC) ले गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्रमाणपत्र प्राप्तिका केही आधारहरु तोकिदिएको छ । आयोगले संस्थाको नेतृत्व क्षमता, पाठ्यक्रम व्यवस्थापन, अनुसन्धान क्षमता, सामाजिक सहकार्य, भौतिक सुविधा (पुस्तकालय, शैक्षिक सामग्री, खेल मैदान), विद्यार्थी सङ्ख्या वा सेवा र शैक्षिक जनशक्ति (शिक्षक र कर्मचारीको क्षमता) लाई गुणस्तर प्राप्तिको मूल आधार मानेको छ । कुनै पनि शैक्षिक संस्थाको शैक्षिक गुणस्तर मापन गर्दा लगानी (Inputs ), प्रक्रिया (Process) र उपलब्धि (Output) लाई मूल आधार बनाउनु पर्ने देखिन्छ । तर यथार्थमा हेर्दा धौलागिरी क्षेत्रका प्रायः शैक्षिक संस्थाहरुमा यी गुणस्तर मापनका सूचकहरु प्रभावकारी रुपमा कार्यान्वयन भएको देखिदैन ।

धौलागिरी क्षेत्रका क्याम्पसहरु

        धौलागिरी क्षेत्रमा त्रि.वि. को आङ्गिक क्याम्पस यही धवलागिरि बहुमुखी क्याम्पस मात्र हो । हालसम्म यस क्षेत्रमा क्युएए प्राप्त गर्ने सामुदायिक क्याम्पस म्याग्दी बहुमुखी र आङ्गिक क्याम्पसमा धवलागिरि बहुमुखी क्याम्पस मात्र हुन् । यस क्षेत्रका क्याम्पसहरुको विवरण यस प्रकार रहेको छ:

माथिको तालिकाअनुसार धौलागिरी क्षेत्रमा उच्च शिक्षाको अवस्था चिन्ताजनक देखिन्छ । यहाँका केही सामुदायिक र निजी क्याम्पसहरु बन्द भइसकेका र केही क्याम्पसहरु पनि बन्द हुने अवस्थामा रहेका छन् । यसमा पनि मानविकी सङ्कायअन्तर्गतका विषयहरु पठनपाठन हुन नसक्ने अवस्थामा छन् । स्थलगत अवलोकन गर्दा प्रायः सामुदायिक क्याम्पसहरुमा भौतिक पूर्वाधार, पूर्णकालीन जनशक्ति, शिक्षकका न्युनतम सेवासुविधा र आवश्यक विद्यार्थी सङ्ख्याको अभाव देखिन्छ । सञ्चालनमा आएका विषयहरुमा पनि मानविकी, शिक्षा, व्यवस्थापन र विज्ञान तथा प्रविधि (एक मात्र) बाहेक अन्य कानुन, वन तथा कृषि, चिकित्सा, इन्जिनियरिङ विषयको पठनपाठन यस क्षेत्रमा हुनसकेको छैन । सञ्चालनमा रहेका क्याम्पसहरुमा पनि विद्यार्थीहरुको चाप घट्दोक्रममा रहनु र बिचैमा कक्षा छोड्ने क्रम बढ्दो मात्रामा देखिन्छ ।

उच्च शिक्षामा विद्यार्थी सङ्ख्या घटनु र शैक्षिक गुणस्तर खस्कनुको मुख्य कारण सरकारको शिक्षाप्रतिको उदासीन व्यवहार हो । शैक्षिक गुणस्तर घट्नुका अन्य कारणहरुमा वैदेशिक रोजगारी, राज्यको शिक्षामा कम लगानी, जनशक्तिको व्यवस्थापन र सेवासुविधामा कमी, उत्पादित जनशक्तिको बेरोजगारी, प्राविधिक धारका कक्षाहरु सञ्चालनमा नआउनु, विषयगत जनशक्तिको अभाव, अभिभावकमा आर्थिक समस्या, शिक्षामा अनुसन्धान र नवप्रवर्तनको अभाव, शिक्षालाई सूचना प्रविधि र उद्यमशीलतासँग जोड्न नसक्नु आदि रहेका छन् ।

धौलागिरी क्षेत्रका माध्यमिक विद्यालय (+) हरु

राज्यको तरल शिक्षानीतिका कारण नेपालको माध्यमिक विद्यालय (+२)  को संरचनागत समस्याहरु रहेका छन् । क्याम्पसबाट विस्थापन भएको प्रमाणपत्र तह साविक उच्च माध्यमिक शिक्षा परिषद्मार्फत कक्षा ११ र १२ का कक्षा केही वर्षसम्म चलाइयो । तर अहिले यो संरचना खारेज भइसकेपछि यसले विद्यालय तहको भौतिक संरचना, जनशक्ति व्यवस्थापन र प्रशासनिक अभिलेख तयार गर्नमा झमेला थपिएको छ । समग्र माध्यमिक विद्यालय (मावि) को अवस्थालाई हेर्दा जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार, शिक्षकका सेवासुविधा र आवश्यक विद्यार्थी सङ्ख्याको अभाव देखिन्छ । मावि तह (+२) को शैक्षिक गुणस्तरले प्रत्यक्ष प्रभाव उच्च शिक्षामा पारेको छ । यस क्षेत्रका माविको शैक्षिक गुणस्तरमा वृद्धि नहुँदासम्म क्याम्पस स्तरको पठनपाठनमा गुणस्तर वृद्धिको सम्भावना रहँदैन । 

धौलागिरी क्षेत्रका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी विवरण

जिल्लास्थानीय तहकक्षाविद्यार्थी सङ्ख्या
बागलुङ  ४+६. १०  ११२७९५
१२२८४९
पर्वत  २+५. ७  १११२८१
१२१३७१
म्याग्दी  १+५ . ६  १११२२८
१२१२१३
मुस्ताङ  ५  ११८६
१२५९
कुल२८ १०८८२
स्रोत :      शिक्षा र मानव स्रोत विकास केन्द्र, शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय (वि.सं.२०२४) ।

धवलागिरि बहुमुखी क्याम्पसको सेवा क्षेत्र (बागलुङ, पर्वत र म्याग्दी) भित्र कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुमा गरिएको एक अध्ययन (वि.सं. २०८१) ले विद्यार्थीको भविष्यको लक्ष्य (प्mयुचर करियर) का विषयमा प्राप्त अभिमतमा ४५.३ प्रतिशत विद्यार्थीको वैदेशिक रोजगार/अध्ययनप्रति आकर्षण भएको देखाउँछ । बाँकी २५.८ प्रतिशतले अभिभावकको सल्लाहअनुसार, १२.४ प्रतिशतले नेपालमा उच्च शिक्षा अध्ययन, १२.८ ले नेपालमै उद्यमशीलता र ३.७ प्रतिशत विद्यार्थीहरु आफ्नो कुनै निर्णय/ योजना नभएको अभिमत व्यक्त गरेको पाइएको छ । यो अध्ययनले पनि विद्यार्थीको नेपालमा उच्च शिक्षाप्रतिको आकर्षण नभएको देखाउँछ ।

धौलागिरी क्षेत्रका माध्यमिक विद्यालयहरु

        धवलागिरी क्षेत्रमा कुल ३२९ विद्यार्थीहरु माध्यमिक तह कक्षा ९ र १० मा अध्ययनरत रहेको देखिन्छ । यी विद्यालयहरु पनि घट्दोक्रममा रहेको देखिन्छ ।

कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी विवरण

जिल्लामावि सङ्ख्याकक्षाविद्यार्थी सङ्ख्या
बागलुङ  १४४  ४१५३
१०३७८८
पर्वत  ९०  १९१०
१०१८६२
म्याग्दी  ७८  १९०८
१०१६५५
मुस्ताङ  १७  २२८
१०१६८
कुल३२९ १५६७२
 स्रोत:       शिक्षा र मानव स्रोत विकास केन्द्र, शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय (सन् २०२४) ।

बागलुङ जिल्लाको कक्षा ९ र कक्षा १० मा गरी कुल ७९४३ विद्यार्थीहरु अध्ययनरत छन् ।

बागलुङ जिल्लाको माध्यमिक तहमा अध्ययनरत विद्यार्थी विवरण (२०८२)

क्र.सं.  विद्यार्थी सङ्ख्या  विद्यालय सङ्ख्या ः१४४
कक्षा ९sIff !)
१ देखि ९१३!$
१० देखि २१४५$(
२२ देखि ४९६९^&
५० देखि माथि१७!$
कुल विद्यार्थी सङ्ख्या४०७६३८६७
स्रोत ः शिक्षा विकास तथा समन्वय एकाइ, बागलुङ (वि.सं. २०८२)

शिक्षा विकास तथा समन्वय एकाइ बागलुङबाट प्राप्त तथ्याङ्क अनुसार २०८२ मा जिल्लाभरिको कुल १४४ माविअन्तर्गत विद्यार्थी सङ्ख्या कक्षा ९ मा ४०७६ र कक्षा १० मा ३८६७ गरी कुल ७९४३ रहेको देखिन्छ । १४४ विद्यालयमध्ये कक्षा ९ मा १० जनाभन्दा कम विद्यार्थी सङ्ख्या हुने विद्यालय १३ वटा, १० देखि २० विद्यार्थी सङ्ख्या हुने ४५ वटा र ५० बाट बढी विद्यार्थी सङ्ख्या हुने विद्यालयको सङ्ख्या १७ वटा रहेको देखिन्छ  । त्यसै गरी कक्षा १० मा १० जनाभन्दा कम विद्यार्थी सङ्ख्या हुने विद्यालय १४ वटा, १० देखि २० विद्यार्थी सङ्ख्या हुने विद्यालय ४९ वटा र ५० बाट बढी विद्यार्थी सङ्ख्या हुने विद्यालयको सङ्ख्या १४ वटा रहेको देखिन्छ  ।

बागलुङ जिल्लाभरको एसइइ नतिजालाई विश्लेषण गर्दा वि.सं. २०८० को एसइइमा सहभागी विद्यार्थी सङ्ख्या ४३९९ को ३७.७ प्रतिशत स्तरीकृत (ग्रेडेड) भएको र २०८२ को एसइइमा कुल विद्यार्थी सङ्ख्या ३९६२ मध्ये ६७ प्रतिशत विद्यार्थी स्तरीकृत वा पास हुन सफल भएको देखिन्छ ।

बागलुङ जिल्लाको एसइइ २०८१ सालको नतिजा विवरण

क्र.सं.विद्यालय सङ्ख्याविद्यालय प्रतिशतनतिजा प्रतिशत
२६१७.८०१००
०.६८०.००
०.६८
११८८०.८२११ देखि ९७ (६३.३४ औषत)
कुल१४६१०० 

बागलुङ जिल्लाको एसइइ २०८१ सालको नतिजालाई हेर्दा कुल १४६ वटा विद्यालयमा कुल विद्यार्थीको ६७.०९ प्रतिशत स्तरीकृत हुन सफल भएको देखिन्छ । यसमा सतप्रतिशत नतिजा ल्याउने विद्यालयको सङ्ख्या २६, ० नतिजा ल्याउने विद्यालय एउटा, दसभन्दा कम नतिजा ल्याउने विद्यालयको सङ्ख्या एउटा र १० देखि ९७ प्रतिशतसम्म (औषत ६३.३४) विद्यार्थी उत्तीर्ण हुने विद्यालयको सङ्ख्या ११८ वटा रहेका छन् । यसले विद्यालयको विद्यार्थी सङ्ख्या र शैक्षिक गुणस्तरमा ठूलो अन्तर रहेको देखिन्छ । शैक्षिक गुणस्तरको नतिजालाई मात्र हेर्दा सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयको उपलब्धि राम्रो देखिन्छ ।

धवलागिरि बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर

धवलागिरि बहुमुखी क्याम्पसको शैक्षिक उपलब्धिलाई हेर्दा सन्तोषजनक रहेको देखिन्छ । बिबिए तर्फको शैक्षिक गुणस्तर सर्वोत्कृष्ट रहेको र स्नातकोत्तर तहको शैक्षिक गुणस्तर केही विषयमा बाहेक सन्तोष जनक रहेको देखिन्छ । बिबिएबाहेकका अन्य स्नातक तहको शैक्षिक गुणस्तरमा व्यापक सुधार गर्दै लैजानुपर्ने अवस्था रहेको छ । वार्षिक शिक्षा प्रणालीका तुलनामा सेमेष्टर प्रणालीको नतिजा राम्रो रहेको देखिन्छ । समग्रमा तह पार गर्ने विद्यार्थीका तुलनामा बिचैमा बिचैका कक्षा छोड्ने विद्यार्थीको प्रतिशत धेरै देखिन्छ । चार बर्से स्नातक तहमा बिचैमा कक्षा छोड्ने सङ्ख्या अत्यधिक रहेको हुँदा सेमेस्टर प्रणाली वा चार बर्से कार्यक्रमको समयावधि घटाउनु पर्ने देखिन्छ ।

क्र.सं.संकाय/ संस्थानतह र विषयविद्यार्थी सङ्ख्या २०८१            उत्तीर्ण प्रतिशत २०८१औषत प्रतिशत  
१.मानविकी तथा सामाजिक शास्त्रस्नातक तह११९४४.१९  ६०.०९५
स्नातकोत्तर तह (समाजशास्त्र)  ५७  ७६
शिक्षाशास्त्रस्नातक तह५३८२७.६९  ३१.९६
स्नातकोत्तर तह (नेपाली शिक्षा¬)२७   १६.६६
स्नातकोत्तर तह (पाठ्यक्रम¬ र मूल्याङ्कन)३९३८.२७
स्नातकोत्तर तह (अङ्ग्रेजी शिक्षा)  ३७४५.२३ 
  ३.  व्यवस्थापनस्नातक (BBS)९७२१६.७३  ५३.७१
स्नातक (BBA)१३५८०.६८
स्नातकोत्तर (MBS)५७६३.७२
.विज्ञान तथा प्रविधिस्नातक (BSc)११७३७.५   ३७.५  
समग्रमा २०९८            ४५.९२
बिचैमा कक्षा छोड्ने प्रतिशत (समग्रमा)स्नातक तह ७१.०५५३.९४ समग्र  
स्नतकोत्तर तह ३६.८४   
पूरा तह पार गर्ने विद्यार्थी सङ्ख्या(२०७७–२०८१ समूह)  स्नातक तह१३२             
स्नतकोत्तर तह५७             
स्रोत ः क्याम्पस प्रशासन, धवलागिरि बहुमुखी क्याम्पस (२०८२) ।

धवलागिरि क्याम्पसको औषतमा ४५.९२ प्रतिशत नतिजा प्राप्त हुनु आफैँमा गुणस्तरीय शिक्षाको उपलब्धि हो । बिचमा कक्षा छोड्ने, पूरै विषयको परीक्षा नदिने, परीक्षालाई भन्दा सेवाआयोग र रोजगारीलाई प्राथमिकता दिने, चुनाबी प्रयोजनका लागि र वैदेशिक रोजगारीमा रनिङ प्रमाण पत्रका लागि क्याम्पस भर्ना हुने, कमाउँदै पढ्दै गर्न चाहने, विद्यार्थीले फितलो परीक्षा केन्द्र रोज्नु, निजी क्याम्पसका तुलनामा शुल्क सस्तो हुनु, मेधावी छात्रछात्रालाई विशेष अवसर केही नहुनु, बढुवा प्रयोजन र सामाजिक सोखका लागि मात्र पढ्ने प्रवृत्ति बढ्नु, पठन संस्कृति हराउँदै जानु आदि कारणले गर्दा पनि यस क्याम्पसमा उत्तीर्ण प्रतिशत घट्नु र बिचैमा कक्षा छोड्ने प्रवृत्ति बढेको हो ।

धवलागिरि क्याम्पसका आफ्नै सबल पक्ष, कमजोर पक्ष, अवसर र चुनौतीहरु रहेका छन् । यिनलाई निम्नानुसार प्रस्तुत गरिएको छ:

धवलागिरि बहुमुखी क्याम्पसका भावी योजनाहरु

१. प्रभावकारी सेवा प्रवाहलाई निरन्तरतामा नविनता दिने,

२. शैक्षिक तथा प्राज्ञिक कार्यक्रमहरुको निरन्तरतामा नविनता थप्ने,

३. आर्थिक स्रोत परिचालन तथा व्यवस्थापनमा विशेष जोड दिने,

४. भौतिक निर्माण तथा सौन्दर्यीकरणमा जोड दिने,

५. मानवस्रोत व्यवस्थापनको प्रबन्ध मिलाउने,

६. अनुसन्धान तथा प्रकाशन कार्यलाई थप प्रभावकारी बनाउने,

७. समुदाय, पर्यटन प्रवद्र्धन र विपन्न वर्गसँग धवलागिरि क्याम्पसलाई जोड्ने,

८. धवलागिरि क्याम्पसलाई सूचना र प्रविधि मैत्री बनाउने,

९. पढ्दै कमाउँदै भन्ने नारालाई सार्थक पार्न उद्यमशीलता र नवप्रवर्तनमा विशेष जोड दिने,

१०. रु. एक करोडको अक्षय कोषलाई रु. पाँच करोडको लक्ष्य पूरा गर्न थप पहल गर्ने,

११. पूर्व विद्यार्थी सङ्घ तथा सेवानिवृत्त शिक्षककर्मचारी सङ्घलाई थप क्रियाशील गराउने,

१२. यसै शैक्षिक सत्रमा BICTE कार्यक्रम सञ्चालनमा ल्याउने  र  अर्को शैक्षिक सत्रबाट BCA र LLB  कार्यक्रम सञ्चालन गर्ने,

१३. धवलागिरि क्याम्पसलाई यस क्षेत्रको अनुसन्धान तथा उद्यमशीलता प्रवर्धनको आकर्षण केन्द्रका रुपमा विकास गर्ने,

१४. धवलागिरि क्याम्पसमा धौलागिरी नीति अनुसन्धान तथा विकास केन्द्र (Dhaulagiri Center for Policy  Research and Development; DCePRaD) स्थापना गर्ने,

१५. क्याम्पसमा रोजगार परामर्श समिति गठन गरी आप्mना फिडर शैक्षिक संस्थाहरुमा विद्यार्थी परामर्श मार्गदर्शन (स्टुडेन्ट करियर) अभियान चलाउने ।

शैक्षिक गुणस्तर वृद्धिमा प्राध्यापक/शिक्षकका पेसागत समस्याहरु

शैक्षिक गुणस्तर वृद्धिमा शिक्षकका पेसागत सन्तुष्टिले पनि प्रभाव पारेको हुन्छ । धौलागिरी क्षेत्रको स्थलगत अवलोकन गर्दा प्रायः शिक्षण पेसामा संलग्न प्राध्यापक/ शिक्षकहरुका पेसागत समस्याहरु जटिल प्रकृतिका रहेको देखिन्छ । शिक्षकका पेसागत सन्तुष्टि मापन गर्दा स्थायित्व, बढुवा, तालिम, सेमिनार वा कार्यशाला गोष्ठी, उच्च शिक्षाको अवसर, अनुसन्धान, अध्ययन सामग्री (जर्नल, पत्रिका) को उपलब्धता, प्रकाशन सुविधा, वाचनालय, आवास सुविधा, भ्रमणभत्ता, अवलोकन भ्रमण सुविधा, पुरस्कार र सामाजिक जीवनस्तर (शक्ति, सम्पत्ति र सम्मान) को सुविधा अन्य पेसाका तुलनामा कमजोर स्थिति देखिन्छ । शिक्षकका यिनै असन्तुष्टिले गर्दा दक्ष जनशक्ति शिक्षण पेसाप्रति आकर्षित भएको देखिदैन ।

शिक्षकलाई पेसाप्रति जिम्मेवार र सन्तुष्ट बनाउने मुख्य कारक तत्वहरुमा घरपायक सुविधा, आवास सुविधा, निवृत्तिभरण,  तलब, बेजिल्ला भत्ता, आवास सुविधा, परिवहन भत्ता, शैक्षिक सामग्री आदि सुविधा पनि हुन् । यी पेसागत असन्तुष्टिबाहेक पनि शिक्षकका पेसागत समस्याहरु निम्नानुसार रहेका छन्–

 पुराना अनुभवी शिक्षकहरुमा सूचनाप्रविधि मैत्री सिप र अनुसन्धानमुखी व्यावहारमा कमी देखिनु,

 सिकाइ सहजीकरण प्रक्रिया पाठ्यक्रममुखी नभएर पाठ्यपुस्तकमुखी हुनु,

 शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तयार गरेका सूचकाङ्कलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन नसक्नु,

 समुदायले अपेक्षा गरेको शैक्षिक उपलब्धि देखाउन नसक्नु,

 शिक्षकले समुदाय, अभिभावक, विद्यार्थी र विद्यालयको समग्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्नु,

 स्थानीय सरकारको आपूm खुसी नीति नियमले शिक्षकको मनोबल कमजोर हुनु,

 शिक्षकको कार्यसम्पादन मूल्याङ्कन वस्तुनिष्ठ तरिकाबाट हुन नसकेका गुनासाहरु आउनु ।

निष्कर्ष

शैक्षिक गुणस्तर वृद्धिका लागि गर्नुपर्ने सुधारहरु

 आम नागरिकले अपेक्षा गरेको गुणस्तरीय शिक्षा प्राप्तिका निम्ति विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि बढाउन सरोकारवालाहरु सबैले उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । कक्षाकोठाको शिक्षण सिकाइमा विशेष भूमिका शिक्षकको हुन्छ । शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकको क्षमता विकास, जवाफदेहिता र उत्प्रेरणामा पनि उत्तिकै ध्यान दिनुपर्ने देखिन्छ । शैक्षिक गुणस्तर वृद्धिका लागि  लगानी, प्रक्रिया, उपलब्धि, विद्यार्थी सेवा र शिक्षकको भूमिकाका निम्न कुरामा सुधार गर्नुपर्ने देखिन्छ ।

लगानीमा गर्नुपर्ने सुधार शैक्षिक संस्थाको भौतिक पूर्वाधार (खेलमैदान, गुणस्तरीय कक्षा कोठा, बिजुली, कम्प्युटर, साबुनपानी, खेलकूद सामग्री, पुस्तकालय, प्रयोगशाला, घेराबार र  भए स्मार्ट बोेर्ड नभए श्वेत पाटी) को प्रबन्धमा विशेष जोड दिनुपर्ने,
 सबै शैक्षिक संस्थालाई भौतिक र शैक्षिक सुविधाले सुसम्पन्न बनाउनु पर्ने, 
 हरेक शैक्षिक संस्थालाई प्रविधि मैत्री बनाउनु पर्ने,
 मेधावी विद्यार्थीलाई शिक्षण पेसामा आकर्षित गर्ने नीति र योजना निर्माण गर्नुपर्ने,
 हरेक शैक्षिक संस्थामा विज्ञान ल्याब र कम्प्युटर प्रयोगशाला अनिवार्य गर्नुपर्ने,
 हरेक शिक्षकलाई भ्रमण, तालिम, गोष्ठी, अनुसन्धान र नवप्रवर्तनमा अनिवार्य सहभागी गराउने व्यवस्था गर्नुपर्ने,
 सबै शैक्षिक संस्थामा विषयगत स्थायी वा पूर्णकालीन शिक्षकको व्यवस्था हुनुपर्ने,
 शैक्षिक सामग्रीको व्यवस्थापन राज्यले गर्नुपर्ने,
 स्थानीय पाठ्यक्रम निर्माण तथा श्रमशिक्षा लागू गर्न राज्यले थप बजेटको व्यवस्था गर्नुपर्ने
 शिक्षण शुल्क सर्वसुलभ र सबै शैक्षिक संस्थामा एकरुपता हुनुपर्ने ।
प्रक्रिया वा व्यवस्थापनमा गर्नुपर्ने सुधार   संविधानले प्रत्याभूत गरेको अधिकार सुनिश्चित हुने गरी शिक्षालाई पूर्ण निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउन तीनवटै तहका सरकारले प्रतिवद्धता जाहेर गर्नुपर्ने,
 कुनै तह (स्नातक) वा कक्षा पार गर्दा चिनियाँ प्रकृतिको श्रमशिक्षा  (३२ घण्टा वा २ क्रेडिट शारीरिक श्रम) अनिवार्य गर्नुपर्ने,
 कक्षा शिक्षणमा शैक्षणिक योजना, शैक्षिक सामग्री र प्रविधिको प्रयोग गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने,
  शिक्षकले प्रश्नपत्र निर्माण, विशिष्टीकरण तालिका, उत्तरकुञ्जिकाको प्रयोग र परीक्षाफल विश्लेषणमा विशेष ध्यान दिनुपर्ने,
 विद्यार्थी सर्कल, बालक्लव वा सदनहरु गठन गरी कार्यतालिकामा तोकिएका कार्यहरु गर्नु/गराउनु पर्ने,  कतिपय आपसमा बाझिएका ऐन र कानुनमा संशोधन गरी सबै शैक्षिक संस्थालाई सङ्घ, प्रदेश र स्थानीय सरकारको साझा दायित्व हुने नयाँ नीति निर्माण गर्नुपर्ने,
 शिक्षकको कार्यसम्पादन मूल्याङ्कन वस्तुनिष्ठ सूचकका आधारमा गर्नुपर्ने,
 शिक्षकको क्षमता विकास (तालिम, कार्यमूलक अनुसन्धान, स्मारिका प्रकाशन र रचनात्मक कार्य) गर्न प्रोत्साहित गर्नुपर्ने,
  समुदाय र स्थानीय सरकारको सहयोगमा स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्नुपर्ने,
 शिक्षकको स्थायी नियुक्ति र प्रविधिको प्रयोग अनिवार्य हुनुपर्ने,
  सबै शैक्षिक संस्थालाई गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाण पत्र अनिवार्य लिनुपर्ने नीतिगत व्यवस्था गर्नुपर्ने,
  विद्यार्थीहरुमा आलोचनात्मक, अन्वेषणात्मक र सिर्जनात्मक क्षमताको विकास हुने गरी शिक्षण विधि र मूल्याङ्कन प्रणालीको विकास गर्नुपर्ने,
 स्थानीय सरकार वा राजनीतिक दलले शिक्षकलाई आप्mनो राजनीतिक अभीष्ट पूरा गराउन दवाव र प्रभावमा पार्न नहुने,
 विद्यालय तहमा प्रअ र शिक्षकको सेवासन्तुष्टी बढाउन सुविधा थप्ने नीति बनाउनु पर्ने ।
उपलब्धिमा गर्नुपर्ने सुधार  विद्यार्थीको कक्षा छोड्ने र दोहो¥याउने क्रमलाई न्यून गर्नुपर्ने,
 स्नातक तहको चार बर्से शिक्षा प्रणालीको समयावधि घटाउनु पर्ने,
  सबै कक्षा र विषयको सिकाइ उपलब्धिको नतिजा बढाउनु पर्ने,
 शैक्षिक संस्थाप्रति शिक्षक, विद्यार्थी र अभिभावकको सन्तुष्टि बढाउने कार्यहरु गर्नुपर्ने,
 शिक्षकको सेवा सन्तुष्टि बढाउने योजना बनाउनुपर्ने,
 रचनात्मक कार्यहरु गर्दै जाने ठोस योजना बनाउनु पर्ने,
 विद्यालयतर्फ पहाडमा प्रतिकक्षा ४५ विद्यार्थी हुनुपर्ने नीतिगत व्यवस्था भएकामा सुधार गरी प्रतिकक्षा २० जनासम्म हुनसक्ने नीति बनाउने,
 गुणस्तरीय शिक्षा जीवन उपयोगी, स्वावलम्बी र सामाजिक सिपको व्यावहारिक ज्ञानमा आधारित हुनुपर्ने,
 सैद्धान्तिक शिक्षालाई प्रयोगात्मक र प्रयोगात्मक शिक्षालाई शारीरिक श्रमशिक्षामा बदल्दै जानुपर्ने,
 गुणस्तरीय शिक्षामा समान अवसर सबै नागरिकले पाउनु पर्ने ।
शैक्षिक संस्थाले पूरा गर्नुपर्ने विद्यार्थी सेवाको सङ्ख्या नीतिगत व्यवस्था भए अनुसार कक्षा १२ सम्म सञ्चालनमा रहेका विद्यालयहरुमा प्रति कक्षा ४५ का दरले कम्तीमा ५४० विद्यार्थी हुनुपर्ने र शिक्षक विद्यार्थीको अनुपात बालविकासका कक्षामा १ः २०, आधारभूत तहमा १ः ३०, मावि तहमा १ः ४०  हुनुपर्ने हुन्छ । यो नीतिगत व्यवस्थामा सुधार गरी प्रति कक्षा २० जना र शिक्षक विद्यार्थीको अनुपात १ः २० हुनसक्ने नीति बनाउने,
 क्याम्पस तहमा पूर्णकालीन विषय शिक्षक र प्रति विषय न्युनतम १० जना विद्यार्थी हुनुपर्ने हुन्छ । शिक्षक विद्यार्थी अनुपात कम्तीमा १ः २५ हुनुपर्ने प्रबन्ध मिलाउने ।
गुणस्तरीय शिक्षाको वृद्धिमा शिक्षकले खेल्नुपर्ने भूमिका शिक्षकहरुको विशुद्ध पेसागत सङ्गठन र आचारसंहिता निर्माण गरी कार्यान्वयन गर्नुपर्ने,
 शिक्षकले समुदाय, अभिभावक, विद्यार्थी र विद्यालयको समग्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम हुनुपर्ने,
  शिक्षण पेसालाई दबाब, प्रभाव, तनाब र अपहेलनाको पेसा बनाउनु नहुने,
 शिक्षा र शिक्षण पेसालाई सम्मानित र गरिमामय बनाउन भूमिका खेल्नुपर्ने,
 क्याम्पस र विद्यालयलाई राजनीतिक क्रीडास्थल बनाउन नहुने र शिक्षकले आप्mनो स्वाभिमानलाई बचाउनु पर्ने,
 शिक्षण पेसामा संलग्न सबै शिक्षकहरु सिर्जनशील, प्रविधि मैत्री, अनुसन्धानमुखी, स्वावलम्बी र स्वाभिमानी हुनुपर्ने ।

सन्दर्भकृति सूची

थापा, दिनबहादुर (२०७६), सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सम्भावना र चुनैती, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति बागलुङद्वारा आयोजित कार्यशाला गोष्ठीमा प्रस्तुत कार्यपत्र, (पृ. १–१७) ।

थापा, दिनबहादुर (२०७६), धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वायत्तता ः सम्भावना र चुनौतीहरु, धवलागिरि बहुमुखी क्याम्पसको ५७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यशाला गोष्ठीमा प्रस्तुत कार्यपत्र, (पृ. १–१८) ।

थापा, दिनबहादुर, सुदर्शन सिलवाल (२०७३), धवलागिरिमा उच्च शिक्षा, शैक्षिक अनुसन्धान तथा विकास केन्द्र, बागलुङ ।

थापा, दिनबहादुर र अन्य (२०७८), धवलागिरि क्याम्पसको विगत र वर्तमान, धवलागिरि बहुमुखी क्याम्पस ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (२०७५), उच्च शिक्षा आयोगको प्रतिवेदन (२०७५), शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (२०७६), ‘राष्ट्रिय शिक्षानीति (२०७६), शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ।

नेपाल सरकार (२०८२), शिक्षा विकास तथा समन्वय एकाइ, बागलुङ

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (२०१८), विद्यार्थी सिकाइ उपलब्धि परीक्षण प्रतिवेदन (२०११, २०१२, २०१३, २०१५ र २०१७), नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्र ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (२०१८), विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण २०१७ को सङ्क्षिप्त प्रतिवेदन, कक्षा ८ (नेपाली, गणित र विज्ञान)  भक्तपुरः नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्र ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (२०७४), शैक्षिक निकायको कार्यसम्पादन २०७३÷७४, समष्टिगत प्रतिवेदन, २०७४, नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्र ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (२०७४), विद्यालय कार्यसम्पादन परीक्षण ढाँचा

(२०७४), नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्र ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (२०७५), प्रारम्भिक बालविकास केन्द्र र बालबालिकाको सिकाइ तथा विकासस्तर परीक्षण २०७५ को सङ्क्षिप्त प्रतिवेदन, नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्र।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (२०७६), सामुदायिक माध्यमिक विद्यालयहरुको कार्यसम्पादन परीक्षण (२०७४÷०७५) को समष्टिगत प्रतिवेदन, नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्र ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (२०७६), शैक्षिक गुणस्तर परीक्षण केन्द्रको वार्षिक प्रतिवेदन (आ.व. २०७५÷०७६), नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्र

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (२०७६), विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (ल्ब्क्ब्, द्दण्ज्ञड), कक्षा ५ को सङ्क्षिप्त सार्वजनिक प्रतिवेदन, भक्तपुरः नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक गुणस्तर परीक्षण केन्द्र ।

Center for Education and Human Resources Development (2024, May 29). Flash Report I 2080 (2023-2024). Government of Nepal, Ministry of Education, Science and Technology. https://old.cehrd.gove.np/infocenter/17.

Georgia Department of Education (2016), Georgia school performance standards. Georgia Department of Education, Atlanta.

Wen, Ren, and others, Translation (2022), Understanding Xi Jinping’s Educational Philosophy, Beijing Foreign Studies University.

धौलागिरीमा उच्च शिक्षा: सम्भावना र चुनौती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top